घर फर्किन चाहने नेपालीको आवश्यक व्यवस्था मिलाउन निर्देशन


 


काठमाडौं, बैशाख ३०
घर फर्किन चाहने उत्तर प्रदेशमा रहेका नेपालीको लागि घर फर्किने व्यवस्था मिलाउन भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले निर्देशन दिएका छन् । सामाजिक सञ्जाल ट्वीटरमा उनको कार्यालयले उल्लेख गरे अनुसार आदित्यनाथले नेपाल नफर्की भारतमा नै बस्न चाहने नेपालीको लागि पनि आवश्यक व्यवस्था गर्न निर्देशन दिएका छन् ।

काम, पढाइ तथा अन्य सिलसिलामा उत्तर प्रदेश पुगेका धेरै नेपालीहरु अहिले लकडाउनको कारण रोकिएका छन् । भारतमा मजदुरहरुलाई रेलबाट आफ्नो गन्तव्यमा पुर्‍याउने काम शुरु भएसँगै उत्तर प्रदेशका मुख्यमन्त्रीले उत्तर प्रदेशमा रहेका नेपालीलाई पनि घर फर्किने व्यवस्था मिलाउन निर्देशन दिएका हुन् ।

भारतमा धेरै स्थानमा रहेका मानिसहरु उत्तर प्रदेश हुँदै नेपाल आउने गरेका छन् ।

प्रकाशित मिति: ३० बैशाख २०७७, मंगलबार

प्रतिक्रिया दिनुहोस्