बारामा निषेधाज्ञा जारी
काठमाडौं, बैशाख ३०
तराईको बारा र पर्सामा कोरोना संक्रमितको संख्यामा वृद्धि भएसँगै जिल्ला प्रशासन कार्यालय बाराले निषेधाज्ञा जारी गर्दै विभिन्न ५ निर्णय गरेको छ ।
क्राइसिस मेनेजमेन्ट सेन्टरको मंगलबार बसेको बैठक बमाेजिम प्रशासनले विभिन्न ५ निर्णय गरेको हाे । संक्रमणको जोखिमलाई मध्यनजर राख्दै स्थानीय प्रशासनबाट जारी भएका सिकिस्त बिरामी प्रयोजन बाहेकका हस्तलिखित तथा ई–पास समेत भोलिदेखि खारेज गर्ने निर्णय गरेको छ ।
त्यस्तै पर्सा जिल्लाको वीरगञ्जबाट बारा जिल्लामा सञ्चालन हुने सवारी साधन पूर्ण रुपमा बन्देज लगाउने निर्णय गरेको छ । भारतसँग सीमा नाका जोडिएका ठाउँहरुबाट आवात जावतमा पूर्ण रुपमा बन्द गर्ने निर्णय गरेको छ भने अत्यावश्यक काम बाहेक अन्य कामका लागि कोही पनि घरबाट बाहिर ननिस्कन रोक लगाएको छ ।
प्रकाशित मिति: ३० बैशाख २०७७, मंगलबार