अमेरिकालाई तुरुन्त गल्ती सच्याउन चीनको चेतावनी


 


बेइजिङ, बैशाख ३०
काेराेना भाइरसका कारण पछिल्लाे समय अमेरिका र चीनबीच विभिन्न टिकाटिप्पणी भइरहेकाे छ। साेहीक्रममा चीनले अमेरिकालाई आफ्ना पत्रकारहरुका लागि भिसा शर्त कडा बनाएकोमा जवाफी निर्णय गर्ने चेतावनी दिएको छ ।

साथै अमेरिकालाई तत्कालै यो ‘गल्ती सच्याउन’ आग्रह पनि गरेको छ । अमेरिकाले गत साता चिनियाँ पत्रकारहरुको आगमनका लागि नयाँ शर्त लागु गरेको थियो । चीनले विदेश मन्त्रालयका प्रवक्ता झाओ लिजिआन मार्फत अमेरिकी नयाँ निर्णयको विरोध गरेको हो ।

आफूहरुले यस्तो निर्णय अस्विकार गर्ने चीनले जनाएको छ । यस्तो निर्णयलाई चीनले आफ्ना मिडियामाथि दबाबको रुपमा व्याख्या गरेको छ । ‘हामी यसको विरुद्ध कडा विरोध र असन्तुष्टि व्यक्त गर्छौँ, अमेरिकाले तुरुन्तै यो गल्ती सच्याओस् भन्ने हामी चाहन्छौँ । अन्यथा चीनसँग जवाफी उपाय लिने भन्दा अन्य विकल्प छैन,” झाओले भनेका छन् ।-एजेन्स

प्रकाशित मिति: ३० बैशाख २०७७, मंगलबार

प्रतिक्रिया दिनुहोस्