सैन्य अभ्यासका क्रममा १९ सैनिकको मृत्यु


 


काठमाडौं, बैशाख ३०
इरानी सैन्य अभ्यासका क्रममा १९ सैनिकको मृत्यु भएको छ । सेनाबीच सैन्य अभ्यासका क्रममा आफैँले हानेको मिसाइलले उनीहरूको मृत्यु भएको छ ।

हार्मुज स्ट्रेट नजिकै ओमानको खाडीमा सैन्य अभ्यासका क्रममा हानिएको मिसाइलले भुलबस आफ्नै जहाजमा ठोक्किएपछि आइतबार १९ इरानी जलसेनाको मृत्यु भएको बीबीसीले जनाएको छ।

घटनामा अन्य १५ जना घाइते भएका छन् । अभ्यासका क्रममा सैन्य उपकरण लैजाने कोणार्क नामको जहाजको लाइट सपोर्टमा क्षेप्यास्त्र ठोक्किएको थियो ।

प्रकाशित मिति: ३० बैशाख २०७७, मंगलबार

प्रतिक्रिया दिनुहोस्