काठमाडाैंमा ओली र मोदीको पुत्ला दहन


 


काठमाडौं, बैशाख २९
नेपाली भूमि कालापानी र लिपुलेक अतिक्रमण गरेर सडक बनाउने भारतविरुद्ध सडकदेखि सदनमा बहस भइरहेकाे छ।

साेही क्रममा भारतकाे चर्काे विराेध गर्दै एक समाजिक संस्थाले सोमबार काठमाडौंको माइतीघरम प्रधानमन्त्री केपी शर्मा ओली र र भारतका प्रधानन्त्री नरेन्द्र मोदीको पुत्ला जलाएकाे छ।

राष्ट्रिय सीमा रक्षा अभियान नामक संस्थाले माइतीघर मण्डलामा ओली र मोदीको पुत्ला जलाउनुका साथै प्रदर्शन गरेको हो । प्रदर्शनकारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

नेपालको सार्वभोमसत्तामाथि चुनौती दिन खोजेको र नेपाल सरकार त्यसमा लाचार बनेको भन्दै ओलीको पनि पुत्ला जलाउन बाध्य भएको राष्ट्रिय सीमा रक्षा अभियान नामक संस्थाले जनाएकाे छ।

प्रकाशित मिति: २९ बैशाख २०७७, सोमबार

प्रतिक्रिया दिनुहोस्