चीनमा फेरि कोरोना संक्रमित देखिएपछि शुलान शहर लकडाउन


 



काठमाडौं, वैशाख २९
चीनको जिलिन प्रान्तको शुहान शहरमा संक्रमित देखिएपछि शहर पूर्णरुपमा लकडाउन गरिएको छ। कोरोना भाइरसबाट ११ जना सङ्क्रमित फेला परेपछि सो शहरलाई उच्च जोखिम वर्गीकरण गरेर पूर्ण लकडाउन गरिएको हो।

शहरका सबै सार्वजनिक स्थलहरू बन्द गरिएको र त्यहाँ सबैलाई घरभित्रै बस्न निर्देशन दिइएको छ। सार्वजनिक यातायात बन्द गरेर शहरलाई उच्च जोखिमको वर्गीकरणमा राखिएको छ।

चीनको वुहान शहरमा स्थानीय सङ्क्रमणबाट फैलिएको कोरोनाभाइरसका नयाँ घटनाहरू देखा परेका छन्। अधिकारीहरूले नयाँ पाँच सङ्क्रमितहरू एउटै आवास क्षेत्रका भएको बताएका छन्।

महामारी घोषणा भएयता मार्च ११ पछि वुहानमा एकै दिनमा सङ्क्रमितहरू पुष्टि भएको सबैभन्दा ठूलो सङ्ख्या हो। वुहान कोरोनाभाइरस सङ्क्रमण शुरू भएको केन्द्रविन्दु हो र त्यहाँ केही दिनदेखि नयाँ सङ्क्रमित देखिएका थिएनन्।

प्रकाशित मिति: २९ बैशाख २०७७, सोमबार

प्रतिक्रिया दिनुहोस्