काेराेनाकाे कहर: कुवेतमा तीन साताका लागि कर्फ्यु जारी


 


काठमाडौं, बैशाख २९
कुवेत सरकारले आइतबारदेखि मुलुकभर कर्फ्यु जारी गरेको छ । गत शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले १० मेदेखि ३० मे २०२० सम्म पूर्ण कर्फ्यु लागू गर्ने निर्णय गरेसँगै आइतबारदेखि कर्फ्यु लगाइएको हो । कोरोना भाइरसको संक्रमण बढेसँगै त्यहाँकाे सकारले कर्फ्यु जारी गरेकाे हाे।

पूर्ण कर्फ्यु लगाइएको बताइए पनि कोपरेटिभ सोसाइटी, खाद्यान्‍न आपूर्ति गर्ने तथा ग्यास सिलिन्डर वितरण गर्ने पसलहरु खुला रहनेछन् । मानिसहरुलाई हिँडडुलका लागि बेलुका ४:३० देखि ६:३० सम्मको समय तोकिएको छ ।

उक्त समयावधिमा आफू बसोबास गर्ने क्षेत्रभित्र कार वा अन्य सवारीसाधनको प्रयोग नगरी स्वास्थ्य सम्बन्धी पूर्वसावधानीका सर्तहरू तथा मापदण्डहरू ध्यानमा राखेर मात्र हिँडडुल गर्न पाइने छ । कुवेतमा सोमबारसम्म ५८ जनाको मृत्यु भएको छ भने ८ हजार ६८८ जना संक्रमित भएका छन् ।

चीनको वुहानबाट शुरु भएको कोरोना संक्रमणको दर यूरोपियन मुलुक हुँदै पछिल्लो समय अमेरिकामा तीव्र देखिएको हो ।

प्रकाशित मिति: २९ बैशाख २०७७, सोमबार

प्रतिक्रिया दिनुहोस्