उत्तरी सिक्किममा भारतीय र चिनियाँ सेनाबीच झडप, ११ जना घाइते


 


काठमाडौं, बैशाख २८
उत्तरी  सिक्किमको नाकु ल सेक्टरमा भारतीय र चिनियाँ सेनाबीच झडपमा भएको छ। भारतीय संचारमाध्यमका अनुसार झडपमा ७ चिनियाँ र ४ भारतीय सेना घाइते भएका छन्।

सामान्य विवादमा दुवै पक्ष आक्रमक भएपछि झडप भएको बताइएको छ। चिनियाँ सेनाले पहिला आक्रमण गरेपछि भारतीय सेनाले प्रतिकार गरेको वताइएको छ। तर आपसमा झडप मिलाइएको पनि समाचारमा उल्लेख छ।

भारत र चिनियाँ सेनाबीच सीमामा समय समयमा यस्ता झडप हुने गरेका छन्। भारत र चीनबीच लामो समययता सीमालाई लिएर विवाद चल्दै आएको छ।

यसअघि सन २०१७ मा भारत र चीनबीच डोकलाममा दुई दिनसम्म तनाब भएको थियो।

प्रकाशित मिति: २८ बैशाख २०७७, आइतबार

प्रतिक्रिया दिनुहोस्