कतारमा कोरोना संक्रमितको संख्या २१ हजार नाघ्यो, त्रासमा नेपाली कामदार


 


काठमाडौं, बैशाख २८
कोरोना भाइरसको संक्रमणका कारण कतारमा हालसम्म १३ जनाले ज्यान गुमाएका छन् । पछिल्लो २४ घण्टामा थप एक जनाको मृत्यु भएसँगै कतारमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १३ पुगेको हो ।

एकैदिन थप १ हजार १३० जनामा कोरोनाको संक्रमण देखिएसँगै कतारमा कोरोना संक्रमितको संख्या २१ हजार ३३१ पुगेको हो । कतारमा हालसम्म २ हजार ४४९ जना उपचारपछि निको भएर घर फर्किएका छन् । १८ हजार ८९९ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । उपचाररत कोरोना संक्रमित बिरामीमध्ये ७२ जनाको अवस्था गम्भीर रहेको छ ।

कतारमा ठूलो संख्यामा नेपाली कामदार रहेका कारण कतारस्थित नेपाली दूतावासले सुरक्षा सतर्कता अपनाउन आग्रह गर्दै आएको छ । चीनको वुहानबाट शुरु भएको कोरोना संक्रमणको दर यूरोपियन मुलुक हुँदै पछिल्लो समय अमेरिकामा तीव्र देखिएको हो ।

यसैबीच डब्लुएचओ, विश्व ब्यांक र अन्तराष्ट्रिय मुद्रा कोषले विकासोन्मुख देशमा अर्थतन्त्र तहसनहस नहोस् भन्दै त्यहाँ ऋण सहायताको लागि आग्रह गरेका छन्। डब्लुएचओ प्रमुखले सरकारहरूले जोखिममा रहेका समुदायलाई खाद्यान्न र अन्य आधारभूत सेवा उपलब्ध गराउनुपर्ने बताएका छन्।

विश्व स्वास्थ्य सङ्गठनले यसलाई ‘विश्वव्यापी महामारी’को सङ्ज्ञा दिएको छ। चीनबाट सुरु भएको कोभिड–१९ अर्थात् नयाँ कोरोनाभाइरसको सङ्क्रमण नियन्त्रण गर्न सबै देशले विभिन्न उपाय अपनाएका छन्। तर उक्त सङ्क्रमण र त्यसबाट हुने मृत्यु रोकिएको छैन। अहिले चीनमा सङ्क्रमणको दर घटेको छ भने युरोप महामारीको केन्द्रबिन्दु बनेको बीबीसीले जनाएको छ ।

प्रकाशित मिति: २८ बैशाख २०७७, आइतबार

प्रतिक्रिया दिनुहोस्