भारतीय अतिक्रमणविरुद्ध अखिल क्रान्तिकारीद्वारा आन्दोलनका कार्यक्रम घोषणा


 


काठमाडाैँ, बैशाख २७
भारतले लिपुलेक, कालापानी क्षेत्रमा अतिक्रमण गरी सडक निर्माण गरेर नेपालको राष्ट्रियतामाथि हस्ताक्षेप गरेको भन्दै अखिल क्रान्तिकारीले संघर्षका कार्यक्रम सार्वजनिक गरेकाे छ।

विप्लव नेतृत्वको नेकपा निकट अखिल क्रान्तिकारीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगै प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला जलाउनेसहितका संघर्षका कार्यक्रम घोषणा गरेको हो ।

अखिल क्रान्तिकारीका उपत्यका विशेष क्षेत्रीय समन्वय समितिका संयोजक हर्कबहादुर बिकले शुक्रबार विज्ञप्ति जारी गर्दै नेपालीभूमि मिचेर भारतले सडक निमाण गरिएकोप्रति आपत्ति जनाए ।

अखिल क्रान्तिकारीले कालापानी, लिपुलेक क्षेत्रमाथिको हस्तक्षेपविरुद्ध कार्तिक २४ गते काठमाडौंमा विरोध गर्दा ४२ जना नेताकार्यकर्तामाथि झुटा मुद्दा खेपिरहेको बेला अतिक्रमण बढेकोले पुनः आन्दोलनमा जान बाध्य भएको उनले बताए । संगठनले ३१ वैशाखसम्मका संघर्षका कार्यक्रमसमेत घोषणा गरेको छ ।

२७ वैशाख भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला जलाउने

२८ वैशाख लिपुलेक समेटिएको भारतीय नक्सा जलाउने

२९ वैशाख देशभक्त तथा राष्ट्रवादीसहितको संयुक्त बिरोध प्रदर्शन

३० वैशाख मशाल जुलुस

२१ वैशाखदेखि भारतीय नम्बर प्लेटका गाडीहरू सञ्चालनमा प्रतिबन्ध लगाउने

प्रकाशित मिति: २७ बैशाख २०७७, शनिबार

प्रतिक्रिया दिनुहोस्