कार्यकर्ता छुटाउन माओवादीले गरे अर्को बन्द


 


moist-krantikari

काठमाडौं,असोज ६ नेकपा क्रान्तिकारी माओवादीले आफ्ना कार्यकर्ता रिहा नगरे उपत्यका बन्दको घोषणा गरेका छन् ।

माओवादीले आफ्ना कार्यकर्ताहरुलाई बिहीबार सम्म रिहा नगरे असोज ७ गते १० बजे देखि १ घण्टा चक्काजाम, ८ गते सिठ्ठि जुलुस लगायत ९ गते उपत्यका बन्दको घोषणा गरेका हुन् ।

माओवादीका केन्द्रि सदस्य शिवराम यादव सहित ४ जना कार्यकर्ता असोज ५ गते बागबजारबाट पक्राउ परेका थिए ।

प्रकाशित मिति: ६ आश्विन २०७३, बिहिबार

प्रतिक्रिया दिनुहोस्