‘डब्लूएचओ चीनको कठपुतली हो, यसबारे म छिट्टै निर्णय गर्छु!’


 


वासिंटन, बैशाख २७
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले विश्व स्वास्थ्य संगठन(डब्लूएचओ)बारे छिट्टै काेभिड-१९ काे विषयमा निष्कर्षमा पुगी घोषणा गर्ने चेतावनी दिएका छन् ।

डब्लूएचओलाई चीनको कठपुतली बनेको आरोप लगाउँदै ट्रम्पले शुक्रबार अब छिट्टै उसबारे घोषणा गर्ने चेतावनी दिएका छन् ।

‘मलाई विश्वास छैन कि, यो उद्देश्यसाथ गरिएको थियो । तर यो असक्षमताको रुपमा बाहिरियो । र उनीहरुलाई कसरी कुरा गर्ने नै थाहा भएन,’ ट्रम्पले यही शुक्रबार फक्स न्युजसँगको अन्तर्वार्तामा बताएका छन् ।

ट्रम्पले यसअघि पनि डब्लूएचओमाथि यस्तै आरोप लगाएका थिए । उसले चीनका लागि काम गरिरहेको बताएका थिए । चीनको पक्ष लिएर अमेरिका र अन्य देशलाई गलत सुझाव दिएको भन्दै डब्लूएचओलाई दिने अनुदान रोक्ने ट्रम्पले यसअघि नै चेतावनी दिएका थिए ।

प्रकाशित मिति: २७ बैशाख २०७७, शनिबार

प्रतिक्रिया दिनुहोस्