काेराेनाकाे कहर: क्लव र बार पुनः एक महिनाका लागि बन्द


 


एजेन्सी, बैशाख २७
दक्षिण कोरियाका क्लव र बारहरू फेरि बन्द गर्ने घोषणा गरिएको छ । त्यहाँकाे सरकारले आगामी एक महिनासम्मका लागि क्लव र बारहरु बन्द गर्ने घोषणा गरेको हो ।

कोरोनाभाइरसको सङ्क्रमण फैलिएर पनि नियन्त्रण गर्न सफल भएको दक्षिण कोरियामा पुनः सङ्क्रमितहरु देखिन थालेपछि क्लव र बारहरु बन्द गर्दै सचेतना अपनाउन थालिएको छ ।

स्थानीय समय अनुसार शनिबार बेलुका ८ बजेदेखि एक महिनाका लागि ती व्यापारिक प्रतिष्ठानहरु आफै बन्द गर्न आग्रह गरिएको योन्हप समाचार संस्थाले दक्षिण कोरियाली अधिकारीहरूलाई उद्धृत गरी जानकारी गराएको छ ।

सरकारले अन्य क्षेत्रमा पनि थप कडाई गर्न र आवतजावत गर्नेहरुको लगत राख्ने योजना पनि बनाएको बताएको छ ।

प्रकाशित मिति: २७ बैशाख २०७७, शनिबार

प्रतिक्रिया दिनुहोस्