विश्वभर कोरोनाले साढे १३ लाख बढी संक्रमित निको भए


 


काठमाडौं, बैशाख २७
कोरोना भाइरस (कोभिड–१९)बाट विश्वभर ४० लाख ११ हजार ५८७ जना संक्रमित भएका छन् । संक्रमितमध्ये १३ लाख ८२ हजार ३९४ जना उपचारपछि निको भएका छन् । अहिले २३ लाख ५३ हजार १२ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । उपचाररतमध्ये ४८ हजार ६६० जनाको अवस्था गम्भीर छ ।

कोरोना भाइरसको संक्रमणबाट युरोपियन मुलुकमा १५ लाख ८१ हजार २५६ जना संक्रमित छन् । एकै दिन २७ हजार ५५६ जनामा नयाँ संक्रमण देखिएको छ । त्यस्तै युरोपका देशहरुमा अहिलेसम्म १ लाख ५० हजार ५१३ जनाले ज्यान गुमाएका छन् । बितेको २४ घण्टामा मात्रै २ हजार ५२ जनाको मृत्यु भएको छ ।

अहिलेसम्म ६ लाख २८ हजार ११३ जना उपचारपछि निको भएका छन् भने ८ लाख २ हजार ६३० जनाको उपचार भइरहेको छ । उनीहरुमध्ये १५ हजार १७६ जनाको अवस्था गम्भीर छ ।

त्यसैगरी एसियाली देशका कोरोनाको संक्रमणबाट ज्यान गुमाउनेको संख्या २१ हजार ५०१ पुगेको छ । एकैदिन २९६ जनाको मृत्यु भएको छ । १६ हजार ३२५ नयाँ संक्रमित थपिएसँगै ६ लाख ३४ हजार ८२९ जनामा संक्रमण देखिएको छ । संक्रमित ३ लाख ४९ हजार १५६ जना निको भएका छन् । २ लाख ६४ हजार १७२ जनाको उपचार भइरहेको छ । जसमध्ये ५ हजार ११५ जनाको अवस्था गम्भीर छ ।

त्यस्तै उत्तर अमेरिकी मुलुकमा कोरोना संक्रमितको संख्या १४ लाख ४१ हजार ८९६ पुगेको छ । एकैदिन ३२ हजार ५७८ जनामा नयाँ संक्रमण फेला परेको छ । अहिलेसम्म कोरोनाकै कारण ८७ हजार ५० जनाले ज्यान गुमाएका छन् ।

दक्षिण अमेरिकी मुलुकमा पनि आज एकैदिन १६ हजार ६३ जनामा नयाँ संक्रमण देखिएको छ । योसँगै संक्रमितको संख्या २ लाख ८३ हजार ६५५ पुगेको छ । मृतकको संख्या १४ हजार ५७७ पुगेको छ । संक्रमितमध्ये ९५ हजार २७४ निको भएका छन् भने १ लाख ७३ हजार ८०४ जनाको उपचार भइरहेको छ ।

अफ्रिकी मुलुकमा ५८ हजार ९६३ मा कोरोनाको संक्रमण देखिएको छ । अहिलेसम्म २ हजार १६० जनाले ज्यान गुमाएका छन् । अस्ट्रेलियासहित ओसियान मुलुकमा ११८ जनाले ज्यान गुमाएका छन् । अहिलेसम्म ८ हजार ५०८ जनामा संक्रमण देखिएको छ ।

त्यस्तै अमेरिकामा पछिल्लो २४ घण्टामा थप १ हजार ६२९ जनाको मृत्यु भएको छ । योसँगै कुल मृतक संख्या ७८ हजार ५५७ पुगेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ २७ हजार ९८६ जना नयाँ संक्रमित थपिएसँगै कुल संक्रमितको संख्या १३ लाख २० हजार ६०९ पुगेको छ ।

अमेरिकामा संक्रमितमध्ये २ लाख २२ हजार ९३५ जना उपचारपछि निको भएका छन् । उपचार गराइरहेका १० लाख १९ हजार ११७ जनामध्ये १६ हजार ९३१ जनाको अवस्था गम्भीर छ।

अमेरिकापछि कोरोना भाइरसको सबैभन्दा धेरै संक्रमण देखिएको स्पेनमा २ लाख ६० हजारभन्दा बढी संक्रमित भएका छन् । स्पेनमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसले २२९ जनाको मृत्यु भएको छ भने ३ हजार २६२ जना नयाँ संक्रमित थपिएका छन् ।

स्पेनमा कोरोना भाइरसले मृत्यु हुनेको कुल संख्या २६ हजार २९९ पुगेको छ भने कुल संक्रमितको संख्या २ लाख ६० हजार ११७ पुगेको छ । १ लाख ६८ हजार ४०८ जना उपचारपछि निको भएका छन् ।

६५ हजार ४१० जना उपचाररत छन् । त्यसमध्ये २ हजार ७५ जनाको अवस्था गम्भीर रहेको स्पेनका स्वास्थ्य अधिकारीहरुले जनाएका छन् । कोरोना भाइरसको संक्रमणबाट बेलायतमा ३१ हजार २४१ जनाको मृत्यु भएको छ । २ लाख ११ हजार ३६४ जना संक्रमित भएका छन् ।

पछिल्लो २४ घण्टामा त्यहाँ ६२६ जनाको मृत्यु भएको छ भने अरु ४ हजार ६४९ जनामा संक्रमण देखिएको छ । १ लाख ७९ हजार ७७९ जनाको उपचार भइरहेकोमा १ हजार ५५९ जनाको अवस्था गम्भीर छ ।

कोरोना भाइरसको महामारीले इटालीमा एकै दिन २४३ जनाको मृत्यु भएको छ । योसँगै इटालीमा मृतकको संख्या ३० हजार २०१ पुगेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ १ हजार ३२७ जना नयाँ संक्रमित थपिएसँगै कुल संक्रमितको संख्या २ लाख १७ हजार १८५ पुगेको छ ।

इटालीमा संक्रमितमध्ये ९९ हजार २३ जना उपचारपछि निको भएका छन् । उपचार गराइरहेका ८७ हजार ९६१ जनामध्ये १ हजार १६८ जनाको अवस्था गम्भीर रहेको इटालीका स्वास्थ्य अधिकारीहरुले जनाएका छन् ।

विश्वका २१२ देशमा फैलिएको यो संक्रमणबाट ज्यान गुमाउनेको संख्या शनिबार बिहानसम्म २ लाख ७५ हजार ९३४ पुगेको छ । एकैदिन ५ हजार ५०८ जनाले ज्यान गुमाएका छन् भने ९६ हजार १८४ जनामा नयाँ संक्रमण देखिएको छ ।

चीनको वुहानबाट शुरु भएको कोरोना संक्रमणको दर यूरोपियन मुलुक हुँदै पछिल्लो समय अमेरिकामा तीव्र देखिएको हो ।

यसैबीच डब्लुएचओ, विश्व ब्यांक र अन्तराष्ट्रिय मुद्रा कोषले विकासोन्मुख देशमा अर्थतन्त्र तहसनहस नहोस् भन्दै त्यहाँ ऋण सहायताको लागि आग्रह गरेका छन्। डब्लुएचओ प्रमुखले सरकारहरूले जोखिममा रहेका समुदायलाई खाद्यान्न र अन्य आधारभूत सेवा उपलब्ध गराउनुपर्ने बताएका छन्।

विश्व स्वास्थ्य सङ्गठनले यसलाई ‘विश्वव्यापी महामारी’को सङ्ज्ञा दिएको छ। चीनबाट सुरु भएको कोभिड–१९ अर्थात् नयाँ कोरोनाभाइरसको सङ्क्रमण नियन्त्रण गर्न सबै देशले विभिन्न उपाय अपनाएका छन्। तर उक्त सङ्क्रमण र त्यसबाट हुने मृत्यु रोकिएको छैन। अहिले चीनमा सङ्क्रमणको दर घटेको छ भने युरोप महामारीको केन्द्रबिन्दु बनेको बीबीसीले जनाएको छ ।

प्रकाशित मिति: २७ बैशाख २०७७, शनिबार

प्रतिक्रिया दिनुहोस्