पाकिस्तानले राष्ट्रसंघमा उठाए कश्मिर मुद्या


 


nawaj-sharif

ऐजेन्सी । पाकिस्तानका प्रधानमन्त्री नवाज शरीफले कश्मिरमा मानव अधिकार उल्लंघनका गम्भिर घटनाहरुलाई भारतले प्रोत्साहन गरेको भन्दै अन्तराष्ट्रिय छानविनको माग गरेका छन् ।

उनले संयुक्त राष्ट्रसंघको महासभामा अभिव्यक्ति दिदैं भारतले कश्मिरमा देखाइरहेको क्रियाकलापको अन्तराष्ट्रिय छानविन गर्न माग गरेका हुन् ।

भारतले कश्मिरका जनताप्रति अत्त्याचार गरेको छ, कश्मिरको विषय सामाधान नभई पाकिस्तान र भारतबीच शान्ति र सामान्य सम्बन्ध हुन नसक्ने र जुन कश्मिरका घटनाहरुले स्पष्ट पारिरहेको छ ।

कश्मिरका युवा पुस्ताले भारतको अवैध कब्जाबाट स्वतन्त्र हुन आवाज उठाइरहेका बेला भारतले दमन गर्न त्यो क्षेत्रमा ५ लाख भन्दा बढी सेना परिचालन गरि सय जना भन्दा बढीको मृत्यु हुन तथा हजारौं घाइते हुन कश्मिरको जनताको अधिकार विपरित हो ।

अवैध कब्जाबाट जनताले मुक्ति खोज्नु जनताको हक भएकाले पाकिस्तानले कश्मिरका जनताको आत्मा निर्णयको अधिकारलाई सम्मान गर्ने उनले भने ।

भारतीय विदेशमन्त्रालयका प्रवक्ता विकास स्वरुपले ट्वीटर मार्फत नवाज शरिफले बुरहान बानीको महिमामण्डन गर्नुले पाकिस्तानको उग्रवादसँग सम्बन्ध रहेको प्रष्ट हुने भनी दण्डन गरेका छन् ।

कश्मिरमा भारतले गरेको दमन र अत्त्याचराको प्रमाण पाकिस्तानले राष्ट्रसंघका महासचिवलाई उपलब्ध गराउने वचन समेत गरे ।

प्रकाशित मिति: ६ आश्विन २०७३, बिहिबार

प्रतिक्रिया दिनुहोस्