स्थायी कमिटि बैठकबारे ओली–प्रचण्डबीच छलफल


 


काठमाडौं, बैशाख २६
सत्तारूढ दल नेकपा अध्यक्ष तथा केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच शुक्रबार भेटवार्ता भएको छ। स्थायी किमिटीको बैठक स्थगनपछि बढेको विवादपछि दुई नेताबीच छलफल भएको हो ।

दुई अध्यक्षबीच स्थायी कमिटी बैठकलगायतका विषयमा छलफल भएको छ। दुई अध्यक्षबीच कुरा मिल्न नसक्दा नेकपा स्थायी कमिटी बैठक समेत बस्न सकेको छैन।

वैशाख २५ गतेका लागि बोलाइएको स्थायी कमिटि बैठक तयारी नपुगेको भन्दै स्थगित गरिएको थियो। बैठक स्थगित भएकै दिन नेकपाका स्थायी कमिटी सदस्यले पार्टी कार्यालय धुम्बाराहीमा भेला भएर स्थायी कमिटी बैठकको माग गरेका थिए। उनीहरुले बैठकपछि प्रचण्डलाई भेटेर स्थायी कमिटि बोलाउन माग गरेका थिए । बुधबारको सचिवालय बैठकमा आफ्नो आलोचना हुन थालेपछि प्रधानमन्त्री ओली बीच बैठकमै उठेर हिडेका थिए।

त्यस्तै दुई अध्यक्षबीच संसदको बजेट अधिवेशनसमेत भएकाे छ।

प्रकाशित मिति: २६ बैशाख २०७७, शुक्रबार

प्रतिक्रिया दिनुहोस्