भोजपुरे मन : यसरी सहयोग गरे आफ्ना जिल्लाबासीलाई
काठमाडौं, बैशाख २५
लामो समयदेखीको लकडाउनका कारण पूर्वि पहाडी जिल्ला भोजपुरबाट काठमाडौं आई बसोबास गरेका भोजपुरेहरुलाई राहत सहयोग प्रदान गरिएको छ । उनिहरुलाई भोजपुरबाट काठमाडौं आएर बसेका मनकारी भोजपुरेहरुले नै सहयोग प्रदान गरेका हुन् ।
लकडाउनले समस्यामा परेका चार सय ५० भन्दा बढीलाई सहयोग प्रदान गरिएको छ । बैशाख ६ गते समाजसेवी भोजपुरेहरुले सामाजिक सञ्जाल फेसबुक मार्फत सूचना गरेर यो अभियान सञ्चालन भएको थियो । अहिले यो अभियान रोकिएको छ । स्थानीय निकायबाट राहत प्राप्त गर्न सकिने वातावरण बनेकोले हाल यो अभियान रोकिएको भोजपुरे सेवा समाजका अध्यक्ष पासाङ दोर्ची शेर्पाले बताउनुभयो ।
लकडाउन बढ्दै जान थालेपछि जिल्लाबासीका पीडा सामाजिक संजालहरुमा ब्यक्त हुन थालेपछि आफूहरुले केही किन नगर्ने भनेर पहिले ३र४ जनाबाट अभियान शुरु गरेको अभियानका मुख्य अभियन्ता पारुहाङ राईले बताउनुभयो। हामीले आफै पैसा जम्मा गरेर अभियान शुरु गरेका थियौं, उहाँले भन्नुभयो । साथै अन्य सहयोगी मनहरुले उपलब्ध गराएको राहत सहयोग चाहनेको घरमै पुर्याईदिने सोचबाट काम थालेका थियौ, उहाँले भन्नुभयो धेरै सहयोगी हात आफै जुटिदिनु भयो र फिल्डमा खट्ने साथीहरुको पनि कमी रहेन्।
राईकाअनुसार राहत बितरणको क्रममा उपत्यकाका सबै ठाउँमा बसेका भोजपुरेसम्म पुग्ने कोशिश भएको छ।ूकाठमाडौंको मातातीर्थदेखी काभ्रेको नालासम्म र ललितपुरको डुकुछापदेखी उत्तर साँखुसम्म पुगी अभावमा परेका जिल्लाबासीलाई घरमै राहत दिन सक्यौं, उहाँले भन्नुभयो, धेरै ठूलो र लामो समयसम्म सहयोग गर्न नसकिएपनि जे जति गर्न सकियो यसलाई सानो प्रयास भनेर लिईदिन सबैलाई आग्रह गर्दछौं।
अभियानमा अभियन्ताको रुपमा रामप्रसाद राई स्मृति प्रतिष्ठानकी अध्यक्ष तारादेवी राई, भोजपुरे सेवा समाजका पासाङ दोर्चि शेर्पा, नागरिक हेल्थ ट्रष्टका गोपीकृष्ण न्यौपाने, रोटरी क्लब अफ पशुपति काठमाडौं, च्याङ्रेली सद्भाव समाजका उमेशजंग थापा, भोजपुरे सहकारी संस्था लिमिटेडका नयन थापा, दाँवाली मिलन क्लबका अध्यक्ष रोशन श्रेष्ठ, नेकपा भोजपुर काठमाडौं सम्पर्क मन्च रहेका थिए ।
राहत बितरण गर्न सहयोग पुर्याई दिएकोमा अभियानले महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख एसएसपी भीमप्रसाद ढकाललाई धन्यवाद ज्ञापन गरेको छ । त्यस्तै सहयोगदाता एवं अभियानमा सक्रिय अभियन्ताहरुलाई समेत धन्यवाद राईले धन्यवाद दिएका छन् ।
प्रकाशित मिति: २५ बैशाख २०७७, बिहिबार