बैठक स्थगित भएपछि २० स्थायी कमिटी सदस्यको धुम्बाराहीमा भेला


 


काठमाडौँ, बैशाख २५
पूर्वनिर्धारित स्थायी कमिटी बैठक अनिश्चतकालका लागि स्थगित भएपछि नेकपाका २० स्थायी कमिटी सदस्य पार्टी मुख्यालय धुम्बाराहीमा भेला भएका छन् । बैशाख १० मा पत्र लेखेर दुवै अध्यक्षलाई बैठक बोलाउन माग गरेका २० नेता बिहीबार पार्टी मुख्यालयमा भेला भएर आगामी रणनीतिबारे छलफल गरेका हुन् ।

उनीहरुले मंगलबार दिउँसो पनि ललितपुरको एक रेष्टुरेष्टमा भेला गरेका थिए । पार्टीको विधान, पद्धति र प्रक्रिया तथा निर्णय एवं प्रतिबद्धता विपरीतका क्रियाकलाप भएको भन्दै त्यसलाई सच्चाउनुपर्ने उनीहरुको निश्कर्ष छ ।

मंगलबार नै उनीहरुले स्थायी कमिटीमा छलफलका लागि भन्दै केही बुँदासमेत तयार पारेका थिए । बैठकमा सहभागी नेताहरुले सरकारले अपेक्षाअनुसार काम गर्न नसकेको, मन्त्रीहरु नै विभिन्न भ्रष्टाचारमा संलग्न भएको, प्रधानमन्त्रीले यस्ता विषयमा कठोरतापूर्वक छानबिन नगरेको, पार्टी फुटाउनका लागि अध्यादेश ल्याएको, सांसद अपहरण जस्तो मुद्दालाई नजरअन्दाज गरेको, कोरोना भाइरसको संक्रमण रोकथाम तथा नियन्त्रणमा प्रभावकारी काम हुन नसकेको भन्दै असन्तुष्टि जनाएका छन् । दुई विवादास्पद अध्यादेश ल्याउनुको कारण के थियो भनेर उनीहरुले प्रधानमन्त्रीसँग प्रश्न सोध्ने तयारीसमेत गरेका थिए ।

प्रकाशित मिति: २५ बैशाख २०७७, बिहिबार

प्रतिक्रिया दिनुहोस्