भारतको आन्ध्र प्रदेशमा विशाक्त ग्यास चुहावट, आठ जनाको मृत्यु


 



नयाँदिल्ली
भारतको आन्ध्र प्रदेशको विशाखापटनममा केमिकल प्लान्टमा ग्यास चुहावट हुँदा आठ जनाको मृत्यु भएको छ । 

तीन जनाको मृत्यु प्लान्टनजिकै र  पाँचजनाको मृत्यु किङ जर्ज अस्पतालमा उपचारका क्रममा भएको विजागका पुलिस कमिसनर आरके मीनाले बताए। 

केमिकल प्लान्टमा ग्यास लिक भएपछि प्रहरीले आसपासका पाँच गाउँ खाली गराएको छ । उनीहरूले मेघाद्र्री गेड्डा र अन्य सुरक्षित स्थानमा राखिएको छ । गाउँलेहरूमा आँखामा जलन हुने र श्वास फेर्न असहज हुने समस्या भएको छ ।

जिल्ला अधिकारी विनय चाँदले दुर्घटनाका कारण दुई सय मानिस बिरामी भएका बताएका छन् । उनीहरूको उपचार भइरहेको बताइएको छ ।  केमिकल प्लान्टमा ग्यास लिक हुनुको कारण पत्ता लाग्न सकेको छैन । बीबीसी

प्रकाशित मिति: २५ बैशाख २०७७, बिहिबार

प्रतिक्रिया दिनुहोस्