भारतमा कोरोनाले १ हजार ७ सय बढीकाे मृत्यु


 


काठमाडौं, बैशाख २५
चीनबाट सुरू विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट भारतमा ज्यान गुमाउनेको संख्या १ हजार ७ सय नाघेको छ ।

गएको २४ घण्टामा कोरोनाका कारण ८२ जनाले ज्यान गुमाएसँगै मृतकको संख्या भारतमा १ हजार ७८५ पुगेको हो । चीनको वुहानबाट शुरु भएको कोरोना संक्रमणको दर यूरोपियन मुलुक हुँदै पछिल्लो समय अमेरिकामा तीव्र देखिएको हो ।

यसैबीच डब्लुएचओ, विश्व ब्यांक र अन्तराष्ट्रिय मुद्रा कोषले विकासोन्मुख देशमा अर्थतन्त्र तहसनहस नहोस् भन्दै त्यहाँ ऋण सहायताको लागि आग्रह गरेका छन्। डब्लुएचओ प्रमुखले सरकारहरूले जोखिममा रहेका समुदायलाई खाद्यान्न र अन्य आधारभूत सेवा उपलब्ध गराउनुपर्ने बताएका छन्।

विश्व स्वास्थ्य सङ्गठनले यसलाई ‘विश्वव्यापी महामारी’को सङ्ज्ञा दिएको छ। चीनबाट सुरु भएको कोभिड–१९ अर्थात् नयाँ कोरोनाभाइरसको सङ्क्रमण नियन्त्रण गर्न सबै देशले विभिन्न उपाय अपनाएका छन्। तर उक्त सङ्क्रमण र त्यसबाट हुने मृत्यु रोकिएको छैन। अहिले चीनमा सङ्क्रमणको दर घटेको छ भने युरोप महामारीको केन्द्रबिन्दु बनेको बीबीसीले जनाएको छ ।

भारतमा एकैदिन थप ३ हजार ५८७ जनामा संक्रमण देखिएसँगै संक्रमित हुनेको संख्या ५२ हजार ९८७ पुगेको छ ।

भारतमा संक्रमितमध्ये १५ हजार ३३१ जना उपचारपछि निको भएका छन् । ३५ हजार ८७१ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

सार्क मुलुकमा पनि भारत सबैभन्दा भन्दा बढी कोरोना प्रभावित मुलुकको रुपमा देखिएको छ ।

विश्वमा सबैभन्दा बढी कोरोना संक्रमित मुलुकको सूचीमा भारत १४ औं नम्बरमा रहेको छ भने एसियाली मुलुकमा भारत चौथो नम्बरमा रहेको छ ।

एसियाली मुलुकमा टर्की सबैभन्दा प्रभावित छ । जहाँ ३ हजार ५८५ जनाले ज्यान गुमाएका छन् । त्यसैगरी इरानमा ६ हजार ४१४ जनाले ज्यान गुमाएका छन् भने चीनमा ४ हजार ६३३ जनाको मृत्यु भएको छ ।

प्रकाशित मिति: २५ बैशाख २०७७, बिहिबार

प्रतिक्रिया दिनुहोस्