बिहीबार बस्ने नेकपा स्थायी कमिटी बैठक स्थगित


 


काठमाडौंं, बैशाख २४
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को बिहीबार बस्ने भनेर तय भएको स्थायी कमिटी बैठक स्थगित भएको छ । यसअघि वैशाख २० गते (शनिबार) बसेको पार्टी सचिवालय बैठकले २५ गते (बिहीबार) स्थायी कमिटी बैठक बोलाउने निर्णय गरेको थियो ।

जसअनुसार स्थायी कमिटी बैठकका एजेन्डा तय गर्न भनेर बुधबार अपराह्न सचिवालय बैठक समेत बसेको थियो । तर, सचिवालय बैठकको बीचमै प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओली उठेर हिँडेपछि बैठक बिना निष्कर्ष सकिएको थियो ।

पार्टीका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल (प्रचण्ड) बिहीबारको बैठक स्थगित गर्न सहमत भएकाे स्राेतकाे भनाइ छ।

प्रकाशित मिति: २४ बैशाख २०७७, बुधबार

प्रतिक्रिया दिनुहोस्