एसईई परीक्षा खारेज गर्न गगन थापाको माग


 


काठमाडौं, बैशाख २४
नेपाली कांग्रेसका प्रभावशाली युवा नेता एवम् सांसद गगन थापाले माध्यमिक शिक्षा परीक्षा (एसईई) खारेज गर्न प्रस्ताव गरेका छन् ।

प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिको बैठकमा बोल्दै सांसद थापाले लकडाउनका कारण एसईई परीक्षा रोकिइरहेका बेला एसईई खारेज गर्नु उपयुक्त हुने बताएका हुन् ।

एसईईको सट्टामा विद्यार्थीको आन्तरिक मूल्यांकन गर्न सकिने बताउँदै सांसद थापाले भने–‘एसईई परीक्षा खारेज गर्ने मौका हो, विद्यार्थीलाई आन्तरिक मूल्यांकन गरेर जान दिनुपर्छ ।’

प्रकाशित मिति: २४ बैशाख २०७७, बुधबार

प्रतिक्रिया दिनुहोस्