भारतमा कोरोना संक्रमितको संख्या ५० हजार नजिक, मृत्युदर पनि बढ्यो


 



काठमाडौं, वैशाख २४
भारतमा कोरोना भाइरस संक्रमितको संख्या दैनिक रुपमा बढ्दैछ । संक्रमितको संख्या ५० हजार नजिक पुगिसकेको छ । अहिलेसम्म भारतमा कोरोना संक्रमितको संख्या ४९ हजार ४ सय पुगेको छ । मंगलबार मात्रै २ हजार ९ सय ६६ जना संक्रमित थपिएका छन् ।

मंगलबार महाराष्ट्रमा ९ सय ८४, तमिलनाडुमा ५ सय ८, गुजरातमा ४ सय ४१, पंजाबमा २ सय १९, दिल्लीमा २ सय ६, उत्तर प्रदेशमा १ सय १४ र मध्यप्रदेशमा १ सय १४ जना संक्रमित थपिएका छन् ।
कोरोनाबाट मृतकको संख्या पनि बढ्दै छ ।

हालसम्म १ हजार ६ सय ९५ जनाको मृत्यु भएको छ । सबैभन्दा बढी मृत्यु महाराष्ट्रमा ६ सय १७ पुगेको छ । गुजरातमा ३ तीन ६८ जनाको ज्यान गएको छ । त्यस्तै मध्यप्रदेशमा १ सय ७६ तथा पश्चिम बंगालमा १सय ४० जनाको ज्यान गएको छ ।

राजस्थानमा ८९, दिल्लीमा ६४ तथा उत्तर प्रदेशमा ५६ जनाको ज्यान गएको छ । मृत्यु हुनेको संख्या पनि तीब्र रुपमा बढ्दैछ । पछिल्लो ६ दिनमा मात्रै ६ सय १५ जनाको ज्यान गएको छ ।

भारतमा लकडाउन खुकुलो पारिएपछि संक्रमितको संख्या बढ्दै गएको अनुमान गरिएको छ । भारतमा १७ मेसम्म लकडाउन बढाइए पनि विभिन्न क्षेत्रमा फरक फरक नियम बनाइ खुकुलो पारिएकाले संक्रमित बढेको बताइएको छ ।

प्रकाशित मिति: २४ बैशाख २०७७, बुधबार

प्रतिक्रिया दिनुहोस्