उपचार नपाएर भारतीय कलाकारको मृत्यु


 



एजेन्सी,
कोरोना महामारीका कारण उचित उपचार नपाएर एक भारतीय कलाकारको मृत्यु भएको छ । युएईमा रहेकी भारतीय शास्त्रीय संगीत र नृत्य क्षेत्रकी चर्चित कलाकार ४७ वर्षीया दिपा नायरको मृत्यु भएको हो ।

युएईको दुबईस्थित कोरोना संक्रमित बिरामीहरुको भीड रहेको एक अस्पतालमा भर्ना गरिएकी उनको स्वास्थ्य उपचारका अभावमा मृत्यु भएको जनाइएको छ ।

उनको उचित उपचारको अभावका कारण मृत्यु भएको भारतीय सञ्चारमाध्यामहरुले जनाएका छन् । भारतको केरलाकी बासिन्दा रहेकी दिपा युएईमा कार्यक्रम व्यवस्थापकको रुपमा समेत काम गर्ने गर्थिन् ।

प्रकाशित मिति: २४ बैशाख २०७७, बुधबार

प्रतिक्रिया दिनुहोस्