काेराेना अपडेट: विश्वभर मृतककाे संख्या २ लाख ५८ हजार नाघ्यो, संक्रमित ३७ लाख २४ हजार बढी
काठमाडौं, बैशाख २४
विश्वमा महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) को संक्रमणबाट विश्वमा ज्यान गुमाउनेको संख्या २ लाख ५८ हजार १२ पुगेको छ । संक्रमितमध्ये १२ लाख ३९ हजार ९ सय जना उपचारपछि घर फर्किएका छन् । २२ लाख २६ हजार ४३३ जनाको उपचार भइरहेको छ । उपचाररत मध्ये ४९ हजार २४८ जनाको अवस्था गम्भीर छ ।
कोरोना भाइरसका कारण युरोपियन मुलुकहरुमा १ लाख ४४ हजार १०२ जनाको मृत्यु भएको छ । संक्रमितको संख्या १४ लाख ९३ हजार ९७३ पुगेको छ । उत्तर अमेरिकी मुलुकहरुमा ७९ हजार ४३१ जनाको मृत्यु भएको छ । संक्रमितको संख्या १२ लाख ४७ हजार २९ पुगेको छ ।
यस्तै एसियाली मुलुकहरुमा २० हजार ४५० जनाको मृत्यु भएको छ । ५ लाख ८७ हजार १९२ जना संक्रमित छन् । दक्षिण अमेरिकी मुलुकहरुमा ११ हजार ९८१ जनाको मृत्यु भएको छ । २ लाख ३६ हजार ८२५ जना संक्रमित छन् ।
अफ्रिकी मुलुकहरुमा १ हजार ९१७ जनाको ज्यान गएको छ भने ५० हजार १६६ जना संक्रमित छन् । त्यस्तै अष्ट्रेलियासहित ओसिनियाका मुलुकहरुमा ११६ जनाको मृत्यु भएको छ । संक्रमितको संख्या ८ हजार ४३९ पुगेको छ ।
सबैभन्दा बढी संक्रमण भएको मूलुक अमेरिकामा ७२ हजारभन्दा बढीको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा थप २ हजार ३०१ जनाको मृत्यु भएको छ । योसँगै मृतक संख्या ७२ हजार २२२ पुगेको छ ।
पछिल्लो २४ घण्टामा त्यहाँ २४ हजार २५ जना नयाँ संक्रमित थपिएसँगै कुल संक्रमितको संख्या १२ लाख ३६ हजार ८८० पुगेको छ । अमेरिकामा संक्रमितमध्ये १ लाख ९९ हजार ६८४ जना उपचारपछि निको भएका छन् । उपचार गराइरहेका ९ लाख ६४ हजार ९७४ जनामध्ये १६ हजार १७५ जनाको अवस्था गम्भीर छ ।
अमेरिकापछि कोरोना भाइरसको सबैभन्दा धेरै संक्रमण देखिएको स्पेनमा २ लाख ५० हजारभन्दा बढी संक्रमित भएका छन् । स्पेनमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसले १८५ जनाको मृत्यु भएको छ भने २ हजार २६० जना नयाँ संक्रमित थपिएका छन् ।
स्पेनमा कोरोना भाइरसले मृत्यु हुनेको कुल संख्या २५ हजार ६१३ पुगेको छ भने कुल संक्रमितको संख्या २ लाख ५० हजार ५६१ पुगेको छ । १ लाख ५४ हजार ७१८ जना उपचारपछि निको भएका छन् ।
७० हजार २३० जना उपचाररत छन् । त्यसमध्ये २ हजार २५४ जनाको अवस्था गम्भीर रहेको स्पेनका स्वास्थ्य अधिकारीहरुले जनाएका छन् ।
त्यस्तै इटालीमा एकै दिन २३६ जनाको मृत्यु भएको छ । योसँगै इटालीमा मृतकको संख्या २९ हजार ३१५ पुगेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ १ हजार ७७ जना नयाँ संक्रमित थपिएसँगै कुल संक्रमितको संख्या २ लाख १३ हजार १३ पुगेको छ ।
इटालीमा संक्रमितमध्ये ८५ हजार २३१ जना उपचारपछि निको भएका छन् । उपचार गराइरहेका ९८ हजार ४६७ जनामध्ये १ हजार ४२७ जनाको अवस्था गम्भीर रहेको इटालीका स्वास्थ्य अधिकारीहरुले जनाएका छन् ।
त्यस्तै भारतमा एकै दिन थप १२७ जनाको मृत्यु भएको छ । गएको २४ घण्टामा कोरोनाका कारण १२७ जनाले ज्यान गुमाएसँगै मृतकको संख्या भारतमा १ हजार ६९३ पुगेको हो ।
भारतमा एकैदिन थप २ हजार ९६३ जनामा संक्रमण देखिएसँगै संक्रमित हुनेको संख्या ४९ हजार ४०० पुगेको छ । भारतमा संक्रमितमध्ये १४ हजार १४२ जना उपचारपछि निको भएका छन् । ३३ हजार ५६५ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।
सार्क मुलुकमा पनि भारत सबैभन्दा भन्दा बढी कोरोना प्रभावित मुलुकको रुपमा देखिएको छ । विश्वमा सबैभन्दा बढी कोरोना संक्रमित मुलुकको सूचीमा भारत १५ औं नम्बरमा रहेको छ भने एसियाली मुलुकमा भारत चौथो नम्बरमा छ ।
एसियाली मुलुकमा टर्की सबैभन्दा प्रभावित छ । जहाँ ३ हजार ५२० जनाले ज्यान गुमाएका छन् । त्यसैगरी इरानमा ६ हजार ३४० जनाले ज्यान गुमाएका छन् भने चीनमा ४ हजार ६३३ जनाको मृत्यु भएको छ ।
विश्वका २१२ मुलुक र २ वटा पानीजहाजमा फैलिएको यो भाइरसबाट विश्वका ३७ लाख २४ हजार ३४५ जना संक्रमित छन् ।
चीनको वुहानबाट शुरु भएको कोरोना संक्रमणको दर यूरोपियन मुलुक हुँदै पछिल्लो समय अमेरिकामा तीव्र देखिएको हो । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पलगायतक विभिन्न स्वास्थ्य विशेषज्ञले अबको दुई हप्ता अमेरिकीहरुका लागि सबैभन्दा पीडादायी समय हुने चेतावनी पनि दिँदै आएका छन्
यसैबीच डब्लुएचओ, विश्व ब्यांक र अन्तराष्ट्रिय मुद्रा कोषले विकासोन्मुख देशमा अर्थतन्त्र तहसनहस नहोस् भन्दै त्यहाँ ऋण सहायताको लागि आग्रह गरेका छन्। डब्लुएचओ प्रमुखले सरकारहरूले जोखिममा रहेका समुदायलाई खाद्यान्न र अन्य आधारभूत सेवा उपलब्ध गराउनुपर्ने बताएका छन्।
विश्व स्वास्थ्य सङ्गठनले यसलाई ‘विश्वव्यापी महामारी’को सङ्ज्ञा दिएको छ। चीनबाट सुरु भएको कोभिड–१९ अर्थात् नयाँ कोरोनाभाइरसको सङ्क्रमण नियन्त्रण गर्न सबै देशले विभिन्न उपाय अपनाएका छन्। तर उक्त सङ्क्रमण र त्यसबाट हुने मृत्यु रोकिएको छैन। अहिले चीनमा सङ्क्रमणको दर घटेको छ भने युरोप महामारीको केन्द्रबिन्दु बनेको बीबीसीले जनाएको छ ।
प्रकाशित मिति: २४ बैशाख २०७७, बुधबार