मदिरा पसलमा एक किलोमिटरको लामो लाइन


 


काठमाडौं, बैशाख २२
भारतमा मदिरा पसलमा मानिसको एक मिटर लामो लाइन देखिएको छ । लकडाउन खुकुलो पार्दै मदिरा पसल खोल्न दिने निर्णय गरेसँगै मदिरा पसलमा मानिसको लामो लाइन देखिएको हाे ।

भारतीय समाचार संस्था एएनआईका अनुसार सोमबार राजधानी सहर दिल्लीमा रहेको देशबन्धु गुप्ता सडकमा रहेको एक मदिरा पसलमा मदिरा खरिद गर्न आउनेको लाइन एक किलोमिटरभन्दा लामो रहेको छ।

भारतले सोमबारदेखि मुलुकमा कोरोना भाइरस (कोभिड–१९) को जोखिमको आधारमा छुट्याइएको ‘रेड’, ‘अरेन्ज’ र ‘ग्रिन’ जोनहरुमा मदिरा पसल खोल्न दिने निर्णय गरेको थियो । तर, यसरी पसल खोल्दा ग्राहकबीच कम्तीमा ६ फिटको भौतिक दूरी भने कायम राख्नुपर्ने हुन्छ ।

मानिसहरुले सरकारले तोकेको भौतिक दूरीको नियम पनि मानेका छैनन् । भीड नियन्त्रणको लागि केही स्थानमा प्रहरीले लाठीचार्जसमेत गरेको छ । दिल्लीको झील चोक क्षेत्रको एक मदिरा पसल मानिसहरुको भीड थेग्न नसकेपछि प्रहरीले बन्द गराएको छ ।

प्रकाशित मिति: २२ बैशाख २०७७, सोमबार

प्रतिक्रिया दिनुहोस्