पुनः किन देखिइरहेको छ कोरोना संक्रमण ?


 


काठमाडौं, बैशाख २१
कोरोना भाइरस (कोभिड–१९) बाट निको भएका मानिसमा यो भाइरसविरुद्ध लड्नसक्ने रोग प्रतिरोधी क्षमता (एन्टिबडी) विकास हुने विश्वास गरिँदै आएको छ । यसको अर्थ एकपटक यो रोग लागेर निको भएका मानिसमा तत्कालको लागि पुनः यो रोगको संक्रमण हुँदैन ।

तर विश्वका धेरै मुलुकमा यो भाइरसबाट निको भएका मानिसमा पनि यसको संक्रमण देखिएको छ । नेपालमा पनि कोरोना भाइरसबाट निको भएका एक जना पुनः अस्पताल भर्ना भएका छन् । यद्यपि उनलाई पुनः कोरोना संक्रमण भएको पुष्टि भइसकेको छैन ।

निको भइरसकेका मानिसमा किन देखिन्छ त कोरोना भाइरसको संक्रमण ? यो अहिले धेरैको चासोको विषय बन्न पुगेको छ । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) कि टेक्निकल लिड मारिया बैन केरखोब कोरोना भाइरसको मृत कोशिकाहरु अझै पनि अस्तित्वमा रहेकाले पुनः परीक्षण गर्दा कोरोना भाइरसको संक्रमण देखिएको हुनसक्ने बताउँछिन् । यसको अर्थ उनीहरूमा पुनः संक्रमण भयो भन्ने नहुने उनको भनाइ छ ।

निको भइसकेका मानिसको रोग प्रतिरोधी क्षमता कति बलियो हुन्छ भन्ने विषयमा अहिले वैज्ञानिकहरूले अध्ययन गरिरहेको उनले बताइन् । स्रोत : बीबीसी

प्रकाशित मिति: २१ बैशाख २०७७, आइतबार

प्रतिक्रिया दिनुहोस्