खाडीका ६ मुलुकमा कोरोनाले ३ सय ६० जनाकाे मृत्यु, सन्त्रासमा नेपाली


 


काठमाडौं, बैशाख २१
खाडीका ६ मुलुकमा कोरोना भाइरसले ३६० जनाको मृत्यु भएको छ भने ६४ हजार २५२ जना संक्रमित भएका छन् । खाडीका ६ राष्ट्रमध्ये साउदी अरवमा अहिलेसम्म सबैभन्दा धेरै १७६ जनाको मृत्यु भएको छ । त्यहाँ २५ हजार ४५९ जना संक्रमित भएका छन् ।

यस्तै यूएईमा ११९ जनाको मृत्यु भएको छ भने १३ हजार ५९९ जना संक्रमित भएका छन् । कोरोना भाइरसको संक्रमणले कुवेत ३३ जनाको मृत्यु भएको छ भने ४ हजार ६१९ जना संक्रमित भएका छन् ।

यस्तै कतार र ओमानमा १२/१२ जनाको मृत्यु भएको छ । ती देशहरुमा क्रमश १४ हजार ८७२ र २ हजार ४१९ संक्रमित भएका छन् । कोरोना भाइरसको संक्रमणले बहराइनमा ८ जनाको मृत्यु भएको छ । त्यहाँ ३ हजार २८४ जना संक्रमित भएका छन् ।

बैदेशिक रोजगारीमा रहेका लाखौं नेपालीहरु रहेका खाडी मुलुकमा संक्रमण बढ्दै जादा उनीहरु चिन्तित हुन थालेका छन्। चीनको वुहानबाट शुरु भएको कोरोना संक्रमणको दर यूरोपियन मुलुक हुँदै पछिल्लो समय अमेरिकामा तीव्र देखिएको हो ।

प्रकाशित मिति: २१ बैशाख २०७७, आइतबार

प्रतिक्रिया दिनुहोस्