कोरोना अपडेट : विश्वभर मृतककाे संख्या २ लाख ४४ हजार नाघ्यो, ३४ लाख ८० हजार संक्रमित


 


काठमाडौं, बैशाख २१
विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या २ लाख ४४ हजार ६०९ पुगेको छ । आइतबार बिहान कोरोना भाइरसको महामारीबाट ३४ लाख ८० हजार ४७० मानिस संक्रमित भएका छन् ।

पछिल्लो २४ घण्टामा संक्रमणबाट विश्वभर ५ हजार १६१ जनाको मृत्यु भएको छ भने ८२ हजार ३७९ जना संक्रमित भएका छन् । त्यस्तै कोरोना भाइरसले युरोपियन मुलुकहरुमा १४ लाख २४ हजार ३६४ जना संक्रमित छन् । एकै दिन २५ हजार ६७४ जना नयाँ संक्रमित थपिएका छन् ।

१ लाख ३९ हजार ४१० जनाले ज्यान गुमाएका छन् । अहिलेसम्म ५ लाख ३१ हजार ३४८ जना उपचारपछि घर फर्किएका छन् । ७ लाख ५३ हजार ६०६ जना विभिन्न अस्पतालमा उपचाररत छन् । उनीहरुमध्ये १७ हजार ६२६ को अवस्था गम्भीर छ ।

एसियाली देशमा कोरोना संक्रमितको संख्या ५ लाख ४५ हजार ५४४१ पुगेको छ । अहिलेसम्म १९ हजार ३२० ले ज्यान गुमाएका छन् । २ लाख ८४ हजार ६४ जना उपचारपछि फर्किएका छन् । २ लाख ४२ हजार १६० जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । अहिले ५ हजार ४९८ जनाको अवस्था गम्भीर छ ।

उत्तर अमेरिकी मूलुकहरुमा १२ लाख ५७ हजार ९८७ जना संक्रमित भएका छन् । ७३ हजार ७४५ ले ज्यान गुमाएका छन् । अहिले ९ लाख ८३ हजार ७१ को विभिन्न अस्पतालमा उपचार भइरहेको छ । १७ हजार ७१७ जनाको अवस्था गम्भीर छ । २ लाख १ हजार १७१ जना उपचारपछि घर फर्किएका छन् ।

दक्षिण अमेरिकी मूलुकहरुमा १ लाख ९९ हजार ७५० जनामा संक्रमण देखिएको छ । १० हजार २४३ जनाले ज्यान गुमाएका छन् । ६९ हजार ३९ जना निको भएका छन् भने १ लाख २० हजार ४६८ जना उपचाररत छन् । ९ हजार ८६२ को अवस्था गम्भीर छ ।

अफ्रिकी राष्टमा ४३ हजार ७३४ संक्रमित भएका छन् । १ हजार ७६३ जनाले ज्यान गुमाएका छन् । त्यस्तै अस्ट्रेलियासहित ओसिनियाका मुलुकहरुमा ८ हजार ३७० जना संक्रमित भएका छन् । ११३ जनाको मृत्यु भएको छ ।

कोरोना भाइरसको महामारीले सबैभन्दा धेरै क्षति पुर्‍याएको अमेरिकामा मृत्यु हुने मानिसको संख्या ६७ हजार नाघेको छ ।

अमेरिकामा पछिल्लो २४ घण्टामा आइतबार बिहान सम्म १ हजार ६४३ जनाले ज्यान गुमाएका छन् । योसँगै अमेरिकामा मृत्यु हुनेको संख्या ६७ हजार ३९६ पुगेको छ ।

अमेरिकामा एकैदिन २८ हजार ५३४ बढीमा संक्रमण देखिएसँगै संक्रमितको संख्या ११ लाख ५९ हजार ५६४ पुगेको छ ।

अमेरिकामा संक्रमितमध्ये १ लाख ६० जना ७०५ उपचारपछि निको भएका छन् । १६ हजार ४७५ जनाको अवस्था गम्भीर रहेको छ । ९ लाख ३१ हजार ४६३७ जना उपचाररत छन् ।

कोरोना भाइरसको संक्रमणबाट भारतमा एकै दिन थप १ सय जनाको मृत्यु भएको छ । गएको २४ घण्टामा कोरोनाका कारण १ सय जनाले ज्यान गुमाएसँगै मृतकको संख्या भारतमा १ हजार ३२३ पुगेको छ ।

भारतमा एकैदिन थप २ हजार ४४२ जनामा संक्रमण देखिएसँगै संक्रमित हुनेको संख्या ३९ हजार ६९९ पुगेको छ । भारतमा संक्रमितमध्ये १० हजार ८१९ जना उपचारपछि निको भएका छन् । २७ हजार ५५७ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

सार्क मुलुकमा पनि भारत भन्दा बढी कोरोना प्रभावित मुलुकको रुपमा देखिएको छ । विश्वमा सबैभन्दा बढी कोरोना संक्रमित मुलुकको सूचीमा भारत १६ औं नम्बरमा रहेको छ भने एसियाली मुलुकमा भारत चौथो नम्बरमा छ ।

एसियाली मुलुकमा टर्की सबैभन्दा प्रभावित छ । जहाँ ३ हजार ३३६ जनाले ज्यान गुमाएका छन् । त्यसैगरी इरानमा ६ हजार ११५ जनाले ज्यान गुमाएका छन् भने चीनमा ४ हजार ६३३ जनाको मृत्यु भएको छ ।

विश्वका २१२ मुलुक र २ वटा पानीजहाजमा फैलिएको कोरोना भाइरसको संक्रमणमा परेका ११ लाख ८ हजार ६५ जना मानिस उपचारपछि निको भइ घर फर्केका छन् । २१ लाख २७ हजार ७९६ जना कोरोना संक्रमितको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । उपचाररतमध्ये ५० हजार ८६४ जनाको अवस्था गम्भीर छ ।

यसैबीच डब्लुएचओ, विश्व ब्यांक र अन्तराष्ट्रिय मुद्रा कोषले विकासोन्मुख देशमा अर्थतन्त्र तहसनहस नहोस् भन्दै त्यहाँ ऋण सहायताको लागि आग्रह गरेका छन्। डब्लुएचओ प्रमुखले सरकारहरूले जोखिममा रहेका समुदायलाई खाद्यान्न र अन्य आधारभूत सेवा उपलब्ध गराउनुपर्ने बताएका छन्।

विश्व स्वास्थ्य सङ्गठनले यसलाई ‘विश्वव्यापी महामारी’को सङ्ज्ञा दिएको छ। चीनबाट सुरु भएको कोभिड–१९ अर्थात् नयाँ कोरोनाभाइरसको सङ्क्रमण नियन्त्रण गर्न सबै देशले विभिन्न उपाय अपनाएका छन्। तर उक्त सङ्क्रमण र त्यसबाट हुने मृत्यु रोकिएको छैन। अहिले चीनमा सङ्क्रमणको दर घटेको छ भने युरोप महामारीको केन्द्रबिन्दु बनेको बीबीसीले जनाएको छ ।

प्रकाशित मिति: २१ बैशाख २०७७, आइतबार

प्रतिक्रिया दिनुहोस्