कोरोना ठिक भएकाहरुको रगतको मुल्य १० लाख प्रति लिटर


 


एजेन्सी, बैशाख २०
अवैध रूपमा कोरोनाबाट निको भएका बिरामीहरूको रगत इन्टरनेटमा बेचिदै गरेको खबर भाइरल भएको छ । कोरोना रोगको खोपको उपचारको नाममा बिरामीको रगत डार्कनेट साइटहरुमा बेचिदै गरेको रिर्पोट अष्ट्रेलियाली नेशनल युनिभर्सिटी (एएनयू) ले सार्वजनिक गरेको छ । उक्त रिर्पोटमा रगत खरिद गर्ने र विक्री गर्ने विभिन्न देशका रहेको उल्लेख गरेको छ ।

डेली मेलको रिपोर्टका अनुसार कोरोना बिरामीको रगत लाखौं रूपैयाँमा बेचिदैछ कोरोनाबाट निको भएका विरामीको रगत प्रयोग गरिए आजीवन रोग प्रतिरोध क्षमताको विकास हुन्छ भन्दै एक लिटर रगतको मूल्य १० लाख रूपैयाँसम्म राखिएको छ ।

उक्त डार्कनेट साइटहरुमा ६४५ वटा इटम सूची लिष्टिंग भएकामा किप्टोकरेन्सी, पर्सनल प्रोटेक्सन इक्विप्मेन्ट(पीपीई) भ्याक्सिन, डाइग्नोसिस सामाग्री र कोरोना भाइरसबाट ठिक भएका विरामीको रगत बेच्न राखिएको उक्त रिसर्चमा उल्लेख गरिएको छ ।

विक्रेताले उक्त रगत पीपीई, मास्क, टेस्ट किट र अन्य सामानहरू रगतको साथ अवैध रूपमा बेच्दै गरेको उल्लेख गरेको छ । अष्ट्रेलियाको नेश्नल युनिभर्सिटीको रिपोर्ट अनुसार यी सामानहरू कम्तिमा १२ फरक डार्नेटनेट बजारमा बिक्री भइरहेको छ ।

डार्कनेटमा दावी गरिएको अनुसार पीपीई र अन्य चीजहरू विश्वव्यापी कोरोनाको उपचार गर्ने डाक्टर मार्फत प्राप्त गर्ने गरिन्छ । विक्रेताहरु पनि यी सामान बिभिन्न देशहरुमा पु‍र्याउन समेत तयार छन् । प्रायः त्यस्ता उत्पादनहरू अमेरिकाका,युरोप, बेलायत र अष्ट्रेलियाबाट अर्डर भइरेको उक्त रिर्पोटमा उल्लेख छ ।

कोलोना भाइरसको संक्रमणबाट निको भएका बिरामीहरूको प्लाज्मा मार्फत अन्य बिरामीहरूको उपचारमा उपयोगी हुने रिपोर्टहरू आएका छन्। तर, प्लाज्मा थेरापीका पनि खतराहरू पनि रहेको तथ्या पनि बाहिर आएका छन् । यसको प्रयोगबाट मानिसहरूलाई मार्न पनि सक्छ। डाक्टरहरूले यो उपचारलाई विशेष परिस्थितिहरूमा मात्र प्रयोगको रूपमा प्रयोग गर्दैछन् ।

दिग्गज अनुसन्धानकर्ता रोड ब्राडहर्स्टले भनेका छन, महामारीको क्रममा केहि मानिसहरु आपराधिक रुपमा पैसा कमाउन कोशिस गर्दैछन्। यो आउने दिनमा बढ्न सक्छ। त्यसैले कडा अनुगमन आवश्यक छ ।

प्रकाशित मिति: २० बैशाख २०७७, शनिबार

प्रतिक्रिया दिनुहोस्