भारतमा कोरोना संक्रमितको संख्या ३७ हजार नाघ्यो


 


नयाँदिल्ली। भारतमा कोरोना भाइरस (कोभिड–१९) संक्रमितको संख्या ३७ हजार ३३६ पुगेको छ । शुक्रबार त्यहाँ २ हजार २९३ जना नयाँ संक्रमित थपिएका छन । भारतभर गएको २४ घण्टामा संक्रमितको संख्या हालसम्मको नै सबैभन्दा बढी भएको मन्त्रालयले जनाएको छ ।

यी संंक्रमितमध्ये ९ हजार ९५१ जना भने उपचारपछि निको भएर फर्किएका छन् । मन्त्रालयले दिएको जानकारीअनुसार हाल त्यहाँ २७ हजार ३८५ कोरोनाका संक्रमित विरामी अस्पतालमा उपचाररत रहेका छन् ।

त्यस्तै, भारतमा कोरोनाबाट बितेकाे २४ घण्टामा ७१ जनाले ज्यान गुमाएका छन् । योसँगै त्यहाँ कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १ हजार २१८ पुगेको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ ।

कोरानाको संक्रमण फैलिने क्रम नरोकिएपछ भारत सरकारले देशव्यापी लकडाउनलाई थप २ साताको लागि लम्बाएको छ । भारतले शुक्रबार ४ मेदेखि लागू हुने गरी थप २ साताको लागि तेस्रो चरणको लकडाउन गर्ने निर्णय गरेको हो । भारतमा पहिलो चरणको लकडाउन २४ मार्चमा लगाइएको थियो ।

प्रकाशित मिति: २० बैशाख २०७७, शनिबार

प्रतिक्रिया दिनुहोस्