विश्वभर कोरोनाले ५५ जना पत्रकारको मृत्यु


 


काठमाडाैँ, बैशाख २०
कोरोना भाइरसको संक्रमणबाट विश्वभर ५५ जना पत्रकारको मृत्यु भएको छ । महामारीको समाचार सङ्कलनका लागि जाँदा उचित स्वास्थ्य सावधानिका पोषाक अभावमा कोरोना संक्रमित भएका ५५ जना पत्रकारको मृत्यु भएको प्रेस अभियान (पीईसी) ले जनाएको छ ।

पीईसीका अनुसार मार्च १ पछि मृत्यु भएका विश्वका विभिन्न २३ मुलुकका ५५ सञ्चारकर्मीमा सङ्क्रमण भेटिएको थियो । उनीहरुको उपचारकै क्रममा मृत्यु भएपछि पीईसीले सञ्चारकर्मीहरुलाई काममा लगाउँदा सुरक्षा सतर्कताका न्यूनतम पोषाकको प्रबन्ध गर्न आह्वान समेत गरेको छ ।

विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या २ लाख ३९ हजार ४४३ पुगेको छ । ४ महिनादेखि फैलिएको कोरोना भाइरसको महामारीबाट ३३ लाख ९८ हजार ४५८ मानिस संक्रमित भएका छन् ।

विश्वका २१२ मुलुक र २ वटा पानीजहाजमा फैलिएको कोरोना भाइरसको संक्रमणमा परेका १० लाख ८० हजार १०१ जना मानिस उपचारपछि निको भइ घर फर्केका छन् । चीनको वुहानबाट शुरु भएको कोरोनाले पछिल्लो समय विश्वकै शक्तिशाली राष्ट अमेरिकालाई सताइरहेको छ ।

प्रकाशित मिति: २० बैशाख २०७७, शनिबार

प्रतिक्रिया दिनुहोस्