गम्भीर बिरामी भनिएका किम सार्बजनिक कार्यक्रममा देखिए


 


गम्भीर बिरामी परेका भनिएका उत्तर कोरियाका नेता किम जोङ उन २० दिनपछि पहिलो पटक सार्वजनिक कार्यक्रममा देखा परेका छन् ।

उत्तर कोरियाको सरकारी सञ्चारमाध्यम केसिएनएका अनुसार नेता किमले रसायनिक मल उत्पादन गर्ने उद्योगको उद्घाटन गरेका छन् ।

कोरियन सेन्ट्रल न्यूज एजेन्सी ९केसिएनए० का अनुसार उत्तर कोरियाका शीर्ष नेताहरुसँग बहिनी किम यो जोङसँगै नेता किम पनि उद्योग उद्घाटनमा उपस्थित भएका थिए ।

नेता किम अप्रिल १५ मा हजुरबुवा किम इल–सुङ्गको जन्मजयन्तीको विशेष समारोहमा उपस्थित नभएपछि विभिन्न अड्कल भइरहेका थिए ।

नेता किम अप्रिल १२ यता पहिलो पटक सार्वजनिक कार्यक्रममा उपस्थित हुनभएको अनुमान गरिएको छ ।

त्यसयता नदेखिएपछि उनी गम्भीर बिरामी परेको हुनसक्ने भन्दै विश्वव्यापी चासो बढेको थियो ।

तर दक्षिण कोरियाका अधिकारीहरुले भने नेता किमको स्वास्थ्यका बारेमा आएका खबरहरु सत्य नरहेको बताएका थिए ।

नेता किम अप्रिल ११ मा वर्कर्स पार्टीको पोलिट्ब्युरो बैठकमा सहभागी भएपछि सार्वजनिक रुपमा देखिएका थिएनन् ।

पिता किम जोन इलको सन् २०११ मा हृदयघातबाट मृत्यु भएपछि नेता किम उत्तर कोरियाको नेतृत्वमा छन् । एजेन्सी

प्रकाशित मिति: २० बैशाख २०७७, शनिबार

प्रतिक्रिया दिनुहोस्