भारतमा कोरोनाले ११ सय बढीको मृत्यु


 


काठमाडौं, बैशाख १९
विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण भारतमा भारतमा पछिल्लो २४ घण्टामा ७५ जनाले ज्यान गुमाएका छन्। याे सँगै मृत्यु हुनेको संख्या १ हजार १ सय ५४ पुगेको हो ।

भारतमा एकैदिन थप १ हजार ८०१ जनामा संक्रमण देखिएसँगै संक्रमित हुनेको संख्या ३४ हजार ८६३ पुगेको छ । भारतमा संक्रमितमध्य ९ हजार बढी उपचारपछि निको भएका छन् । २४ हजार ६४१ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

सार्क मुलुकमा भारत सबैभन्दा बढी कोरोना प्रभावित मुलुकमा रहेको छ । विश्वमा सबैभन्दा बढी कोरोनाको संक्रमित मुलुकको सूचीमा भारत १६ औं नम्बरमा रहेको छ भने एसियाली मुलुकमा भारत चौथो नम्बरमा रहेको छ। एसियाली मुलुकमा टर्की सबैभन्दा प्रभावित छ । जहाँ ३ हजार १७४ जनाले ज्यान गुमाएका छन् भने १ लाख २० हजार बढी संक्रमित पुगेका छन्।

एसियाली मुलुकको दोस्रो स्थानमा इरान र तेस्रमा चीन रहेका छन् । इरानमा हालसम्म ९४ हजार ६४० संक्रमित रहेका छन् भने ६ हजार २८ जनाले ज्यान गुमाएका छन् । त्यस्तै चीनमा ८२ हजार ८ सय बढी कोरोना संक्रमित छन् भने ४ हजार ६३३ जनाको कोरोनाको संक्रमणबाट ज्यान गएको छ ।

प्रकाशित मिति: १९ बैशाख २०७७, शुक्रबार

प्रतिक्रिया दिनुहोस्