कोरोनाकाे कहर: अमेरिकापछि बेलायतमा धेरैले गुमाए ज्यान


 


काठमाडौं, बैशाख १९
विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण बेलायतमा पनि तीव्र रुपमा देखिएको छ । केही दिन यता संक्रमण र मृत्युदर घट्दो क्रममा रहेको बेलायतमा पुनः बढेको छ । आजको तथ्यांक हेर्ने हो भने अमेरिका पछि बेलायतमा सबैभन्दा धेरैले ज्यान गुमाएका छन् ।

पछिल्लो २४ घण्टामा अमेरिकामा २ हजार २०१ जनाले ज्यान गुमाएका थिए भने बेलायतमा ६७४ जनाले ज्यान गुमाएका छन् । बेलायतमा पछिल्लो २४ घण्टामा ६७४ जनाले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या २६ हजार ७७१ पुगेको छ ।

बेलायतमा एकैदिन ६ हजार ३२ जनामा संक्रमण देखिएसँगै संक्रमित हुनेको संख्या १ लाख ७१ हजार २५३पुगेको छ । बेलायतमा संक्रमितमध्ये १ लाख ४४ हजार १३८ जना उपचाररत छन् । १ हजार ५५९ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ । चीनको वुहानबाट शुरु भएको कोरोना संक्रमणले हाल विश्व त्रसित बनेको छ ।

विश्वभर ज्यान गुमाउनेको संख्या २ लाख ३३ हजार ८२९ पुगेको छ । ४ महिनादेखि फैलिएको कोरोना भाइरसको महामारीबाट ३३ लाख ४ हजार १४० मानिस संक्रमित भएका छन् । विश्वका २१० मुलुक र २ वटा पानीजहाजमा फैलिएको कोरोना भाइरसको संक्रमणमा परेका १० लाख ३९ हजार ५५ जना मानिस उपचारपछि निको भइ घर फर्केका छन् ।

शुक्रबार बिहान यो समाचार तयार पार्दासम्म २० लाख ३१ हजार २५६ जना कोरोना संक्रमितको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । उपचाररतमध्ये ५० हजार ९६२ जनाको अवस्था गम्भीर छ ।

प्रकाशित मिति: १९ बैशाख २०७७, शुक्रबार

प्रतिक्रिया दिनुहोस्