विश्व फुटबलमा पेनाल्टीः को कति सफल ?
काठमाडौं, बैशाख १८ एजेन्सी
पेनाल्टी प्रहारमा गोल गर्न जति सहज देखिन्छ, खेलाडीलाई भने गोल गर्न मानसिक रुपमा त्यति नै कठिन पनि हुन्छ । पेनाल्टीमा गोल गर्दा निकै सहज रुपमा लिइन्छ भने त्यसमा चुक्नेको भने निकै आलोचना हुन्छ ।
पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डोलाई बेलाबखत पेनाल्टीमा धेरै गोल गरेको आरोप लाग्दै आएको छ । कतिले त उनलाई पेनाल्टीमै भर पर्ने समेत भनेका छन् । तर उनको पेनाल्टीमा सफलता प्रतिशत गज्जबको छ । यता मेस्सी भने निर्णायक मोडमा प्राप्त पेनाल्टी सदुपयोग गर्न नसक्दा आलोचित भएका छन् । ह्यारी केन, नेयमार लगायत अन्य खेलाडीको पनि पेनाल्टी सफलता राम्रो छ ।
हाल विश्व फुटबलमा खेलिरहेका केहि खेलाडीको पेनाल्टी प्रहार, गोल गर्न सफल र चुकेको अवस्थाबारे केहि तथ्यांक यस्तो छ ः
इडेन हाजार्ड
पेनाल्टी प्रहार – ५६ पटक
गोल – ४९ गोल
चुकेको – ७ पटक
सफलता – ८८ प्रतिशत
एन्टोइन ग्रिजमन
पेनाल्टी प्रहार – २५ पटक
गोल – १७ गोल
चुकेको – ८ पटक
सफलता – ६८ प्रतिशत
ह्यारी केन
पेनाल्टी प्रहार – ४४ पटक
गोल – ३७ गोल
चुकेको – ७ पटक
सफलता – ८४ प्रतिशत
लुइस सुआरेज
पेनाल्टी प्रहार – ४९ पटक
गोल – ४० गोल
चुकेको – ९ पटक
सफलता – ८२ प्रतिशत
करीम बेन्जेमा
पेनाल्टी प्रहार – १७ पटक
गोल – १५ गोल
चुकेको – २ पटक
सफलता – ८८ प्रतिशत
मोहमद सलाह
पेनाल्टी प्रहार – १६ पटक
गोल – १३ गोल
चुकेको – ३ पटक
सफलता – ८१ प्रतिशत
नेयमार
पेनाल्टी प्रहार – ६४ पटक
गोल – ५१ गोल
चुकेको – १३ पटक
सफलता – ८० प्रतिशत
सर्जियो अगुएरो
पेनाल्टी प्रहार – ५९ पटक
गोल – ४६ गोल
चुकेको – १३ पटक
सफलता – ७८ प्रतिशत
लिओनेल मेस्सी
पेनाल्टी प्रहार – ११५ पटक
गोल – ८९ गोल
चुकेको – २६ पटक
सफलता प्रतिशत – ७७ प्रतिशत
क्रिस्टियानो रोनाल्डो
पेनाल्टी प्रहार – १४३ पटक
गोल – १२१ गोल
चुकेको – २२ पटक
सफलता – ८५ प्रतिशत
प्रकाशित मिति: १८ बैशाख २०७७, बिहिबार