कोरोना अपडेट: विश्वभर मृतककाे संख्या २ लाख २८ हजार नाघ्यो, ३२ लाख बढी संक्रमित


 


काठमाडौं, बैशाख १८
४ महिनादेखि फैलिएको विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या २ लाख २८ हजार २६ पुगेको छ । यस भाइरसको महामारीबाट ३२ लाख १८ हजार १८३ मानिस संक्रमित भएका छन् ।

पछिल्लो २४ घण्टामा संक्रमणबाट विश्वभर ६ हजार ५५९ जनाको मृत्यु भएको छ भने ८१ हजार ६७७ जना संक्रमित भएका छन् । त्यस्तै कोरोना भाइरसले युरोपियन मुलुकहरुमा १३ लाख ४७ हजार ३८० जना संक्रमित छन् । एकै दिन २४ हजार ६७४ जना नयाँ संक्रमित थपिएका छन् ।

यो समाचार तयार पार्दासम्म १ लाख ३२ हजार ९४३ जनाले ज्यान गुमाएका छन् । अहिलेसम्म ४ लाख ८३ हजार ८८५ जना उपचारपछि घर फर्किएका छन् । ७ लाख ३० हजार ५५२ जना विभिन्न अस्पतालमा उपचाररत छन् । उनीहरुमध्ये २४ हजार १८२ को अवस्था गम्भीर छ ।

एसियाली देशमा कोरोना संक्रमितको संख्या ५ लाख ७ हजार ३२८ पुगेको छ । अहिलेसम्म १८ हजार २७७ ले ज्यान गुमाएका छन् । २ लाख ५५ हजार ९३७ जना उपचारपछि फर्किएका छन् । २ लाख ३३ हजार ११४ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । अहिले ५ हजार ७८३ जनाको अवस्था गम्भीर छ ।

उत्तर अमेरिकी मूलुकहरुमा ११ लाख ५० हजार ९२५ जना संक्रमित भएका छन् । ६६ हजार ९४७ ले ज्यान गुमाएका छन् । अहिले ९ लाख १ हजार २७९ को विभिन्न अस्पतालमा उपचार भइरहेको छ । १९ हजार ९३७ जनाको अवस्था गम्भीर छ । १ लाख ८२ हजार ६९९ जना उपचारपछि घर फर्किएका छन् ।

दक्षिण अमेरिकी मूलुकहरुमा १ लाख ६५ हजार ८४१ जनामा संक्रमण देखिएको छ । ८ हजार १४४ जनाले ज्यान गुमाएका छन् । ५७ हजार २६१ जना निको भएका छन् भने १ लाख ४०९ जना उपचाररत छन् । ९ हजार ७४८ को अवस्था गम्भीर छ ।

अफ्रिकी राष्टमा ३७ हजार ६९३ संक्रमित भएका छन् । १ हजार ५९२ जनाले ज्यान गुमाएका छन् । त्यस्तै अस्ट्रेलियासहित ओसिनियाका मुलुकहरुमा ८ हजार ३२२ जना संक्रमित भएका छन् । १०८ जनाको मृत्यु भएको छ ।

कोरोना भाइरसको महामारीले अमेरिकामा मृत्यु हुने मानिसको संख्या ६१ हजार नाघेको छ । अमेरिकामा बितेको २४ घण्टामा थप २ हजार ३५२ जनाको मृत्यु भएको छ । योसँगै कोरोनाको संक्रमणबाट अमेरिकामा मृत्यु हुनेको संख्या ६१ हजार ६१८ पुगेको हो ।

पछिल्लो २४ घण्टामा त्यहाँ २७ हजार ५८६ जना नयाँ संक्रमित थपिएका छन् । योसँगै संक्रमित हुने मानिसको संख्या १० लाख ६३ हजार ३५१ पुगेको छ ।

अमेरिकामा संक्रमितमध्ये १ लाख ४७ हजार ११४ जना उपचारपछि निको भएका छन् । उपचार गराइरहेका ८ लाख ५४ हजार ६१९ जनामध्ये १८ हजार ६७१ जनाको अवस्था गम्भीर छ ।

अमेरिकापछि कोरोना भाइरसको सबैभन्दा धेरै संक्रमण देखिएको स्पेनमा २ लाख ३६ हजार ८९९ जना संक्रमित भएका छन् ।

स्पेनमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसले ४५३ जनाको मृत्यु भएको छ भने ४ हजार ७७१ जना नयाँ संक्रमित थपिएका छन् ।

योसँगै मृतकको संख्या २४ हजार २७५ पुगेको छ । १ लाख ३२ हजार ९२९ जना उपचारपछि निको भएका छन् ।

७९ हजार ६९५ जना उपचाररत छन् । त्यसमध्ये ७ हजार ७६४ जनाको अवस्था गम्भीर रहेको स्पेनका स्वास्थ्य अधिकारीहरुले जनाएका छन् ।

कोरोना भाइरसको महामारीले इटालीमा एकै दिन ३२३ जनाको मृत्यु भएको छ ।

योसँगै इटालीमा मृतकको संख्या २७ हजार ६८२ पुगेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ २ हजार ८६ जना नयाँ संक्रमित थपिएसँगै कुल संक्रमितको संख्या २ लाख ३ हजार ५९१ पुगेको छ।

इटालीमा संक्रमितमध्ये ७१ हजार २५२ जना उपचारपछि निको भएका छन् । उपचार गराइरहेका १ लाख ४ हजार ६५७ जनामध्ये १ हजार ७९५ जनाको अवस्था गम्भीर रहेको इटालीका स्वास्थ्य अधिकारीहरुले जनाएका छन् ।

कोरोना भाइरसको संक्रमणबाट बेलायतमा २६ हजार ९७ जनाको मृत्यु भएको छ । १ लाख ६५ हजार २२१ जना संक्रमित भएका छन् ।

बेलायतमा एकैदिन ७६५ जनाको मृत्यु भएको छ भने अरु ४ हजार ७६ जना संक्रमण देखिएपछि कुल संक्रमितको संख्या १ लाख ६५ हजार नाघेको हो ।

सङ्क्रमितमध्ये १ हजार ५५९ जनाको अवस्था गम्भीर छ ।

बिहीबार बिहान यो समाचार तयार पार्दासम्म १९ लाख ९० हजार १२५ जना कोरोना संक्रमितको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । उपचाररतमध्ये ५९ हजार ८१७ जनाको अवस्था गम्भीर छ ।

विश्वका २१० मुलुक र २ वटा पानीजहाजमा फैलिएको कोरोना भाइरसको संक्रमणमा परेका १० लाख मानिस उपचारपछि निको भइ घर फर्केका छन् ।

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पलगायतक विभिन्न स्वास्थ्य विशेषज्ञले अबको दुई हप्ता अमेरिकीहरुका लागि सबैभन्दा पीडादायी समय हुने चेतावनी पनि दिँदै आएका छन्

यसैबीच डब्लुएचओ, विश्व ब्यांक र अन्तराष्ट्रिय मुद्रा कोषले विकासोन्मुख देशमा अर्थतन्त्र तहसनहस नहोस् भन्दै त्यहाँ ऋण सहायताको लागि आग्रह गरेका छन्। डब्लुएचओ प्रमुखले सरकारहरूले जोखिममा रहेका समुदायलाई खाद्यान्न र अन्य आधारभूत सेवा उपलब्ध गराउनुपर्ने बताएका छन्।

विश्व स्वास्थ्य सङ्गठनले यसलाई ‘विश्वव्यापी महामारी’को सङ्ज्ञा दिएको छ। चीनबाट सुरु भएको कोभिड–१९ अर्थात् नयाँ कोरोनाभाइरसको सङ्क्रमण नियन्त्रण गर्न सबै देशले विभिन्न उपाय अपनाएका छन्। तर उक्त सङ्क्रमण र त्यसबाट हुने मृत्यु रोकिएको छैन। अहिले चीनमा सङ्क्रमणको दर घटेको छ भने युरोप महामारीको केन्द्रबिन्दु बनेको बीबीसीले जनाएको छ ।

प्रकाशित मिति: १८ बैशाख २०७७, बिहिबार

प्रतिक्रिया दिनुहोस्