भारतद्वारा चिनियाँ परीक्षण किटको आयात बन्द


 


दिल्ली, बैशाख १६
भारतले चीनबाट आयात गरिएको द्रुत टेस्ट किटलाई निषेध गर्दै यसको आयात बन्द गरेको छ ।

भर्खरै राजस्थान र पश्चिम बंगालले किटको विश्वसनीयतामाथि प्रश्न उठाएको थियो I अब भारतीय मेडिकल रिसर्च काउन्सिल (आईसीएमआर),ले पनि यसको प्रयोग नगर्न सल्लाह दिएको छ ।

चिनीया किटले राम्रोसँग कोरोनाको परीक्षण गर्न असफल भएपछि आईसीएमआरले त्यस्तो सल्लाह दिएको हो ।

गुणस्तरीय किट उपलब्ध गराउने आश्वासन दिईएपनि दुई चिनियाँ कम्पनीहरुद्वारा आपूर्ति गरिएको किटहरुको प्रभावकारितामा “व्यापक भिन्नता” पाइएको छ I त्यसकारण सबै राज्यहरु र केन्द्र शासित प्रदेशहरुको मुख्य सचिवहरुसँगको कुराकानीमा आईसीएमआरले ती किट्सको प्रयोग रोक्न सुझाब दिएको हो ।

प्रकाशित मिति: १६ बैशाख २०७७, मंगलबार

प्रतिक्रिया दिनुहोस्