पाकिस्तानी पूर्व गृहमन्त्रीद्धारा कोरोना भाईरसको उदगमबारे छानविन गर्न माग


 


पाकिस्तान, बैशाख १६
पाकिस्तानको आन्तरिक मामिलासम्वन्धि संसदीय समितिका अध्यक्ष एवम् पूर्व गृहमन्त्री रहमान मल्लिकले संयुक्त राष्ट्रसंघलाई लेखेको एक पत्रबारे द नेशन अनर्लाइनले छापेको समाचारलाई ईमरान खान सरकारको दवावको कारण हटाउनु परेको छ ।

पुर्वमन्त्री मल्लिकले राष्ट्रसंघलाई गत अप्रिल ३ मा एक पत्र लेख्दै कोभिड–१९ को उद्गमबारे छानबीन गर्न माँग गरेका थिए । उनले जैविक हतियारसम्वन्धि १९७५ को सन्धिअन्र्तगत सो छानवीन गर्न माँग गरेका हुन् । उनले छानवीनको शुरुआत कोभिड–१९ को पहिलो विरामीबाट गर्न समेत राष्ट्रसंघलाई सुझाव दिएका थिए । मल्लिकले लेखेको पत्रबारे उनको ट्वीटर अकाउण्ट र राष्ट्रसंघको वेवसाईटमा उल्लेख छन् ।

यस छानवीनलाई राज्यविरोधी कार्य भन्दै ईमरान खान सरकारले सो समाचार हटाउन दवाव दिएको हो । मल्लिकले कोभिड–१९ विरुद्ध लड्न पाकिस्तानका सबै दलहरु एकजुट हुनुपर्ने लबिङ्ग गर्दै आएका छन् । उनी कोभिड–१९ सँग लड्न समाजिक सञ्जाल र सञ्चारमाध्यमबाट व्यापक जनचेतना फैलाउने अभियानमा सक्रिय छन् ।

प्रकाशित मिति: १६ बैशाख २०७७, मंगलबार

प्रतिक्रिया दिनुहोस्