राष्ट्रपति भण्डारी र चिनियाँ समकक्षीबीच फोनवार्ता


 


काठमाडौं, बैशाख १६
राष्ट्रपति विद्यादेवी भण्डारी र चीनका राष्ट्रपति सि जिनपिङबीच टेलिफोन वार्ता भएको छ ।

परराष्ट्र मन्त्रालयका अनुसार टेलिफोन वार्तामा दुई नेताबीच हाल विश्वमा कायम रहेको कोरोना भाइरको संक्रमण त्यसले विश्वभर पारेको असरका बारेमा कुरा भएको छ । साथै कुराकानीका क्रममा सम्बन्धि देशका सरकारले चालेका कदमका बारेमा पनि छलफल भएको थियो ।

सो अवसरमा राष्ट्रपति भण्डारीले चीनले कोरोनाविरुद्ध लड्न लिएको प्रयासको प्रशंसा गर्नुका साथै विश्वमा कारोनासँग संघर्ष गरी रहेका मुलुकहरुलाई चीनले पुर्‍याएको सहयोगको पनि प्रशंसा गर्न भएको मन्त्रालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

त्यसको प्रतिउत्तरमा चिनियाँ राष्ट्रपतिले नेपालमा सरकारले कोरोना संक्रमण नियन्त्रण गर्न लिएको चुस्त र दरिलो नीतिको प्रशंसा गर्नुका साथै यसको नियन्त्रणका लागि चिनियाँ सहयोगको सुनिश्चितता दिलाएका थिए ।

प्रकाशित मिति: १६ बैशाख २०७७, मंगलबार

प्रतिक्रिया दिनुहोस्