‘पार्टीमा ओलीको विकल्प खोजिए दुर्घटना हुन्छ’


 


काठमाडाैँ, बैशाख १५
सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का प्रभावशाली नेता तथा राष्ट्रियसभा सदस्य दिनानाथ शर्माले पछिल्लाे राजनीतिक घटना क्रमलाइ लिएर पार्टीमा प्रधानमन्त्री केपी शर्मा ओलीको विकल्प खोजिए दुर्घट्ना हुने बताएका छन् । शर्माले हिजोमात्रै प्रधानमन्त्री ओलीसँग बालुवाटार पुगेर भेटवार्ता गरेका थिए ।

त्यसकाे लगत्तै सोमबार नेपाली रेडियो नेटवर्कबाट प्रशारित नेपाली बहस कार्यक्रममा नेता शर्माले केपीकाे पक्षमा कुरा गर्दै यस्ताे बताएका हुन्। त्यस्तै, आफूले देशको समसामयिक राजनीतिक स्थिति बुझ्नको लागि अर्का अध्यक्ष पुष्पकमल दाहालसँगपनि भेट्न खोजेको र त्यसको लागि समय मागेको सुनाए ।

पार्टीले अहिले प्रधानमन्त्री केपी शर्मा ओलीको विकल्प खोजेको छ कि छैन् ? भनेर पत्रकार ऋषि धमलाले राखेको कडा प्रश्नमा शर्माले भने,”अहिले तत्काल, अब पार्टीभित्र छलफल हुँदैछ यसबारेमा । उहाँको चाहिने विकल्प खोज्नुहुन्छ भन्ने पक्षमा म छैन् । पार्टीभित्रका समस्याहरु, सरकारभित्रका समस्याहरुलाई बसेर पार्टीमा छलफल गरेर समाधान गरेर लिएर जानुपर्छ । महत्वपूर्ण कुरा के हो भने पार्टी एकता हो । पार्टी एकतामा तलमाथि हुने कुरा कसैले पनि गर्नुहुन्न । कहीँबाट पनि त्यस्तो किसिमको अवस्था रहनुहुँदैन् ।”

उनले अहिले विकल्प र अविकल्प भन्ने प्रस्ताव नहुने पनि सुनाए । शर्माले थपे, तर, चाहीँ अहिले सम्हालेर र सम्हालिएर जानुपर्छ । हाम्रो लडाई, आन्तरिक लडाई र पार्टीभित्रको लडाईँ, दलदलहरुका बीचका लडाई भन्दापनि सम्पूर्ण दलहरु मिलेर, सम्पूर्ण जनता मिलेर कोरोनाविरुद्ध लडाई लड्नुपर्ने, गरिबीका विरुद्ध लडाई लड्नुपर्ने, अब अर्थतन्त्र धरायशी हुन गैरहेको छ । र, कसरी अर्थतन्त्रलाई सुधार गर्ने भनेर केन्द्रित भएर अगाडि बढ्नुपर्ने बेला हो । त्यसकारणले सबै राजनीतिक दलहरु, दलभित्रका गुटहरु, तिनका सोचहरु, स्वार्थहरु, सबैलाई छोडेर देश र जनताको हितमा काम गर्ने बेला हो ।

प्रकाशित मिति: १५ बैशाख २०७७, सोमबार

प्रतिक्रिया दिनुहोस्