उत्तर कोरियाली नेता किमकाे बारेमा यस्ताे छ वास्तविकता


 


सियोल, बैशाख १५
उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनलाइ लिएर पछिल्लाे समय विभिन्न समाचार बाहिरिएका छन्। कपिपय सञ्चार माध्यममा नेता किम विरामी परेकाे त कतिपयै सञ्चार माध्यममा मृत्यु भएकाे खबर सार्वजनिक भएकाे थियाे। तर याे दुवै समाचार भने कुनै पनि सञ्चार पुष्टिका साथ लेखेकाे थिएनन्

उनलाइ लिएर विभिन्न समाचार बाहरिरहेकाे क्रममा नेता किमले वनसन क्षेत्रमा पर्यटकीय क्षेत्र निर्माणको काममा खटिइएका कामदारप्रति आभार व्यक्त गरेकाे सचाचार सार्वजनिक भएकाे छ।

त्यहाँको सरकारी मिडियाले सोमवार किमको स्वास्थ्य सम्बन्धी हल्ला र वनसन क्षेत्रमा किमको रेल पार्क भएको समाचारलाई चिर्दै यस्तो समाचार प्रकाशित गरेको हो। वनसन त्यही क्षेत्र हो जहाँ अप्रिल २१ र २३ मा किमको निजी रेल पार्क भएको भन्दै उत्तर कोरिया मामिला हेर्ने दी हेनरी एल स्टिमन सेन्टरको ३८ नर्थ प्रोजेक्टले जनाएको थियो।

अप्रिल १५ मा सो रेल त्यहाँ देखिएको थिएन। ‘सर्वोच्च नेता किम जोङ उनले वनसन क्षेत्रको पूर्वी किनारा क्षेत्रमा वनसन कालमा पर्यटकीय क्षेत्र निर्माणमा दत्तचित्त कामदारहरुको प्रशंसापत्र पठाउनु भएको छ,’ उत्तर कोरियाको प्रमुख पत्रिका रोडोङ सिनमनले लेखेको दक्षिण कोरियाली समाचार एजेन्सी योन्हापले जनाएको छ।

त्यहाँको केन्द्रीय प्रसारण निकाय दी कोरियन सेन्ट्रल ब्रोडकास्टिङ स्टेसनले पनि सोही रिपोर्ट प्रसारण गरेको छ। किमको स्वास्थ्यमा खरावी आएको र मृत्युसम्मको समाचार बाहिर आइरहेको बेला उत्तर कोरियाले किमको पत्र प्रसारण गर्दै भ्रम चिर्न खोजेको हो। अप्रिल १५ मा आफ्ना हजुरबुबा तथा उत्तर कोरियाका संस्थापक किम इल सङको जन्मोत्सव समारोहमा किम अनुपस्थित भएसँगै उनको स्वास्थ्यको विषयलाई लिएर अन्तर्राष्ट्रिय रुपमा चासो व्यक्त भएको छ।

दक्षिण कोरियाले भने यस्ता समाचारमा सत्यता नभएको बताउँदै आएको छ। किम वनसन क्षेत्रमा बसिरहेको हुन सक्ने बताइएको छ।

अमेरकी दी ३८ नर्थ प्रोजेक्टले रेलको उपस्थितिलाई लिएर लेखेको छ – ‘रेलको उपस्थितिले उत्तर कोरियाली नेता र उनको स्वास्थ्य अवस्थाको बारेमा त्यस्तो जानकारी दिँदैन। तर, पनि यसले किम देशको पूर्वी किनामा रहेको पुष्टि भने गर्छ।’

प्रकाशित मिति: १५ बैशाख २०७७, सोमबार

प्रतिक्रिया दिनुहोस्