काेराेनाकाे त्रास: विराटनगरबाट हिडेका काठमाडौंबासी नागढुंगामा रोकिए


 


काठमाडौं, बैशाख १५
काेराेना भाइरसकाे त्रासका कारण काठमाडाैँ भित्रिने मुख्य नाकाका प्रहरी प्रशासनले कडाइ गरेकाे छ। साेही क्रममा विराटनगरमा अलपत्र परेका काठमाडौंका बासिन्दालाई लिएर आउँदै गरेका बसहरु नागढुंगा नाकामा रोकिएका छन् । सात वटा बस अहिले उक्ता नाकामा चेकजाँचका लागि राेकिएका हुन्

नागढुंगाका एक प्रहरी अधिकृतले भने, ‘बसलाई नागढुंगामा राकेर चेकजाँच गरिरहेका छौं । बस कहाँबाट आइरहेको भन्नेबारे बुझ्ने काम भइरहेको छ । यसबारे हामीसँग कुनै समन्वय भएको छैन ।’

तर विराटनगर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत इन्द्रमणी पोखरेलले भने समन्वय गरेरै विराटनगरमा अलपत्र परेका काठमाडौंका जनतालाई पठाएको बताउँछन् । उनले भने, ‘हामीले समन्वय गरेर नै पठाएका थियौं । तर गाडी नागढुंगामै रोकिएछ भन्ने जानकारी पाएका छौं । हामीले सबैलाई स्वास्थ्य जाँच गरेर पठाएका छौं ।’

विराटनगर महानगरपालिकाले सात वटा बसमा १६० जनालाई राखेर पठाएका बस काठमाडौं प्रवेश गर्ने मुख्य नाका नागढुंगामा रोकिएका हुन् ।

प्रकाशित मिति: १५ बैशाख २०७७, सोमबार

प्रतिक्रिया दिनुहोस्