लकडाउनमा पोर्न साइट हर्ने बढे


 


काठमाडौँ, बैशाख १५
सारा संसार कोरोनाको कहरमा छ । भोलिको दिन कस्तो होला र अब आउने आर्थिक सङ्कटलाई कसरी सामना गर्ने भन्ने बारे हरेक घर परिवार छलफल र बहसमा छन् । तर, हाम्रो दक्षिणी छिमेकी भारतका नागरिक भने यो बेला अर्कै कुरामा मस्त रहेको पाइएको छ ।

लकडाउनको समयमा चाइल्ड पोर्नोग्राफी बढेपछि भारत सरकारलाई अहिले नयाँ चिन्ता थपिएको छ । त्यसै कारण त्यहाँ इन्टरनेट सर्च इन्जिन गुगल, सामाजिक सञ्जालहरू ट्विटर र फेसबुकलाई पत्र नै काट्नु पर्ने अवस्था सिर्जना भएको छ ।

हुन पनि कोरोना वायरसको फैलावट रोक्न भनेर लगाइएको लकडाउनको समयमा अनलाइन चाइल्ड पोर्नको इन्टरनेट ट्राफिकमा ९५ प्रतिशतले बृदि भएको देखिएको छ ।यो कुराको खुलासा एक रिसर्चमा भएको भारतीय संचारमाध्यमहरुले उल्लेख गरेका छन् ।

समाचारहरूमा उल्लेख भए अनुसार भारतको राष्ट्रिय बाल अधिकार संरक्षण आयोगले यस्ता सामग्रीको सहज पहुँच आमा नागरिकमा कसरी भयो भन्ने प्रश्न इन्टरनेट सर्च इन्जिन गुगल, सामाजिक सञ्जालहरू ट्विटर र फेसबुकलाई सोधेको हो ।

सो पत्रमा राष्ट्रिय बाल अधिकार संरक्षण आयोगले गुगल, ट्विटर र फेसबुकलाई चाइल्ड सेक्सुअल एब्यूज मटेरियल र पोर्नोग्राफी मटेरियलसँग सम्बन्धित गुनासोको जानकारी पनि माग गरिएको छ । उनीहरूलाई ती कम्पनिहरुले पोर्नोग्राफीबाट उत्पन्न समस्यासँग जुध्न के कस्ता नीति अवलम्बन गरेका छन् भन्ने समेत सोधेको छ ।

यसअघि नै सार्वजनिक भएको एक रिपोर्टमा लकडाउनको समयमा पोर्न साइट र सामग्री हेर्नेमा भारतीयहरू विश्वमा नै पहिलो नम्बरमा रहेको खुलासा गरिएको थियो । यो समयमा एडल्ट साइट हेर्ने रफ्तार भारतमा ९५ प्रतिशतले बढेको हो । अझ रोचक त यो छ कि मार्च महिनाको अन्त्यमा लकडाउन सुरु हुनु भन्दा अघि नै भारतमा पोर्न साइट हेर्नेको सङ्ख्या २० प्रतिशतले बढेको थियो ।

प्रकाशित मिति: १५ बैशाख २०७७, सोमबार

प्रतिक्रिया दिनुहोस्