कोरोनाको उदगम् स्थल चीनको वुहान अब कोरोना मुक्त शहर !


 


एजेन्सी, बैशाख १५
चीनको वुहान शहर जहाँबाट कोरोना महामारीको शुरुवात भयो त्यो अब कोरोना मुक्त शर भएको छ । हिजो (आइतबार) यो महामारी शुरु भएपछि पहिलोपटक कुनै पनि नयाँ बिरामी अस्पताल भर्ना भएनन् ।

समाचार एजेन्सी पीटीआईका अनुसार चीनको सरकारी समाचार एजेन्सी शिन्हुआलाई उदृत गर्दै लेखेको छ कि वुहानमा अब कोभिड-१९ का एकजना पनि संक्रमित छैनन् । चीनको हुवेई प्रान्तको राजधानी वुहान अढाई महिना अर्सेथात् ७६ दिनसम्मको लगातार लकडाउन पछी अप्रिल ८ तारिकको दिन खुल्ला गरिएको थियो ।

चीनको राष्ट्रीय स्वास्थ्य आयोगका प्रवक्ता मी फ़ेंगली यो उपलब्धि वुहानका स्वास्थ्यकर्मिको कडा मेहनत र यो भाइरससँग लड्न देशभरबाट वुहान पुगेका स्वयम् सेवकको अथक प्रयासबाट सम्भव भएको बताएका छन् ।

चीन की सरकारी समाचार एजेंसी शिन्हुआ के अनुसार आयोगका प्रवक्ताले भने कि वुहानमा रहेका अन्तिम संक्रमितलाई शुक्रबार अस्पतालबाट घर पठाएपछी संक्रमितको संख्या शुन्य भएको हो ।

प्रकाशित मिति: १५ बैशाख २०७७, सोमबार

प्रतिक्रिया दिनुहोस्