कोरोना विरुद्धको लडाई जनताको नेतृत्वमा छ : मोदी


 


नयाँदिल्ली, बैशाख १४
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले भारतमा भइरहेको कोरोनाभाइरस विरुद्धको लडाई भारतीय जनताले नेतृत्व गरिरहेको बताएका छन् । लडाईमा जनताका विभिन्न समूह र प्रशासनले आम नागरिकलाई सघाइरहेको प्रधानमन्त्री मोदीले आइतबार बताए ।

आम नागरिकले चालकको काम गरिरहेका र प्रशासन र अन्य विभिन्न सहयोगी समूहहरुले चक्काको काम गरिरहेको उनको भनाई छ । प्रधानमन्त्री मोदीले भने, “हरेक नागरिक यस लडाईमा कोरोनाभाइरस विरुद्धको लडाकू हुनु भएको छ ।”

उहाँले मासिक रुपमा सहभागिता जनाउने कार्यक्रम “मन की बात”मा बोल्दै मोदीले विशाल भारतमा यस्तो लडाई धेरै कठिन भएको पनि उल्लेख गरे।

कोरोनाभाइरससँगै आफूहरु गरिबीका विरुद्धमा पनि लडेर देश विकास गर्नु पर्नेमा उनले जोड दिए। “कोरोनाभाइरस विरुद्धको जनताको लडाई सकिएपछि हामीले भारतलाई नयाँ अवस्थामा पु¥याउने छौँ,” प्रधानमन्त्री मोदीले भने । एएनआई

प्रकाशित मिति: १४ बैशाख २०७७, आइतबार

प्रतिक्रिया दिनुहोस्