लकडाउनका कारण स्कुलमा थुनिएकी महिलामाथि सामूहिक बलात्कार


 


नयाँदिल्ली
भारतको नयाँदिल्लीमा स्कुलमा थुनिएकीमहिलामाथि टीन जनाले सामूहिक बलात्कार गरेका छन् । लकडाउनका कारण जयपुरस्थित माधोपुरमा रहेको एक स्कुलमा थुनिएकी महिलामाथि सामूहिक बलात्कारको घटना सार्वजनिक भएको हो ।

भारतीय सन्चार माध्यमकाअनुसार ती महिला अप्रिल २४ को बिहान स्कुलमै बलात्कृत भएकी हुन् । बिहीबार उनी उनीजयपुरकै दउसास्थित जेलमा आफ्नो छोरालाई भेट्न जाँदै गरेकी थिइन् । तर लकडाउनका कारण उनले यात्रा गर्न नपाएपछि तीन युवकले बलात्कार गरेका थिए ।

घटनापछि ती महिलाले स्थानीय प्रहरीकहाँ पुगेर मुद्दा दर्ता गरेकी छन् । आरोपित तीनजना अहिले पक्राउ परेका छन् । 

प्रकाशित मिति: १४ बैशाख २०७७, आइतबार

प्रतिक्रिया दिनुहोस्