रोग प्रतिरोधात्मक क्षमता बढाउन लसुन खानुहोस्, यस्ता छन् अन्य फाइदा
लसुन हाम्रो भान्सामा पाइने एक औषधि हो । क्यान्सर जस्ता रोगबाट बचाउने लसुनले रोग प्रतिरोध क्षमतालाई पनि बलियो बनाउछ।
एन्टिभाइरस र एन्टिव्याक्टेरियलयुक्त लसुनले चिसो, ज्वरो र फ्लुबाट जोगाउँछ। लसुनको नियमति सेवनले आन्तरिक संक्रमणबाट बचाउँछ।
दैनिक लसुन सेवन गर्नाले ब्लडप्रेसरलाई नियन्त्रणमा राख्न सहयोग पुग्छ र यसबाट लामो समयसम्म शरीरको इम्युन सिस्टम पनि बलियो रहन्छ।
त्यस्तै खेलाडीको पैताला र कानमा बाह्य संक्रमण भएमा लसुनको रस लगाउँदा तत्कालै उपचार हुन्छ। प्रतिदिन भोजनमा लसुनको प्रयोग गर्नाले पेटको अल्सर र क्यान्सरबाट जोगिन सकिन्छ।
प्रकाशित मिति: १४ बैशाख २०७७, आइतबार