कतारी राजकुमारीको यौन प्रकरणबारे ‘फेक न्युज’ भारतमा भाइरल


 


नयाँदिल्ली, बैशाख १४
कतारी राजकुमारीबारे प्रकाशित एउटा ‘फेक न्युज’लाई लिएर भारतीय नेताहरुले समेत टिप्पणी गरेका छन् । भारतीय जनता पार्टीका सांसद तेजश्वी सूर्याले कतारी राजकुमारीको यौन प्रकरणबारे चार वर्षअघि प्रकाशित फेक न्युज सार्वजनिक गर्दै अबरी महिलाहरुमाथि टिप्पणी गरेका थिए । यसपछि नै भारतमा साकाजिक सञ्जालमा यो विषयले महत्व पाएको छ ।

बेलायती पत्रिका फाइनान्सियल टाइम्सलाई उद्धृत गर्दै डिएनएले ‘कतारी राजकुमारी बेलायतमा सात पुरुषसँग यौनसम्बन्ध राख्दैगर्दा पक्राउ’ शिर्षकमा समाचार चार वर्षअघि प्रकाशित गरेको थियो ।

जब कि, कतारी राजकुमारी शेख सलवाबारे लेखिएको उक्त समाचार पूर्ण रुपमा झुट सावित भइसकेको छ । हालै भारतीय जनता पार्टीका नेता र केही मिडियाले समेत उक्त समाचारलाई लिएर अरबी महिलाप्रति टिप्पणी गर्न थालेका छन् ।

सामाजिक सञ्जालमा सोही पत्रिकाको ‘क्लिप’ लाई भाइरल बनाइएको छ । ट्वीटरमा पनि उक्त समाचार सार्वजनिक गर्दै यूएई राजपरिवारकी सदस्य हेन्ड अल क्वसामीलाई ट्याग गरिएको छ। उक्त समाचारमा बेलायतस्थित कतारी दूतावासले बेलायती मिडियालाई ५० लाख डलर दिने प्रलोभन देखाएको पनि दावी गरिएको थियो ।

जब कि, मिडिया पारदर्शिताबारे अध्ययन गर्ने संस्थाहरुले त्यस समाचारलाई झुटो दावी सावित गरिसकेका छन् । मुस्लिम देशहरुमा रमादान पर्व मनाइरहँदा कतारी राजकुमारीबारेको उक्त समाचार भारतीय मिडिया र केही नेताहरुले नै प्रचार गरेका हुन् । केही दिनअघि मात्रै कतारी राजकुमारीले भारतमा कोभिड १९ फैलाउन मुस्लिमहरु जिम्मेवार रहेको रिपोर्टहरुमाथि टिप्पणी गरेकी थिइन् । अन्नपुर्ण पाेष्टबाट

प्रकाशित मिति: १४ बैशाख २०७७, आइतबार

प्रतिक्रिया दिनुहोस्