कोरोनाबाट बेलायतमा २ दर्जन बढी नेपालीले गुमाउने ज्यान


 


लण्डन, बैशाख १३
बेलायतमा कोरोना भाइरस ( कोभिड १९) को संक्रमणबाट ज्यान गुमाउने नेपालीको संख्या २ दर्जन नाघेको छ ।

लण्डनस्थित नेपाली दूतावासले शनिबारसम्म २४ जना नेपालीको कोरोनाकै कारण निधन भएको पुष्टी गरेको छ । तर दूतावासको सूचीमा नरहेका आधा दर्जन अरु नेपालीको पनि कारोनाबाटै निधन भएको सम्बन्धित परिवारले बताएका छन् ।

बेलायतमा कोरोनाबाट निधन हुने अधिकांश भूतपूर्व गोर्खा छन् । दूतावासको लिस्टमा समावेश भएका दुई दर्जनमध्ये आधाभन्दा बढी भूतपूर्व गोर्खा सैनिक छन् ।

त्यस्तै, गोर्खा वेल्फेयर ट्रस्टले पनि अहिलेसम्म १८ जना भूतपूर्व गोर्खा सैनिकको कोरोना संक्रमणबाट निधन भएको पुष्टी गरिसकेको छ ।

प्रकाशित मिति: १३ बैशाख २०७७, शनिबार

प्रतिक्रिया दिनुहोस्